गरिब, जेहेन्दार विद्यार्थीलाई सहयोग
हेटौँडा, १ असार/जीवन कल्याण तथा सहजीकरण संस्था हेटौंडाले श्रमिक माविका नौजना गरिब तथा जेहेन्दार बालबालिकालाई सहयोग गरेको छ ।
स्कूलमा अध्ययनरत नौजना गरिब एवम् जेहेन्दार छात्रछात्रालाई भर्ना गरिदिएको विद्यालयका शिक्षक विमल श्रेष्ठ टोनीले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीहरु कलम, कपि समेत वितरण गरेको छ । विद्यार्थीलाई एक बर्षको लागि आवश्यक कपी कलम वितरण गर्ने योजना रहेको संस्थाका अध्यक्ष रविन शाहीले जानकारी दिए । कक्षा ३ का आयुष माझी, ४ का इस्लाम आलम र राजकुमार घलान, ५ का प्रतिभा घिमिरे र सजन खड्का, ६ का विजिता गोङ्वा र गुड्डी साह सोनार तथा कक्षा ९ का सानुकान्छा प्रजा र सुकबहादुर थिङ रहेका छन् । यस संस्थाले गत बर्षबाट श्रमिक माविलाई सहयोग गर्दै आएको जानकारी दिइएको छ ।
