रिकभरिङ समूहलाई मेडिकलको सहयोग
हेटौँडा, १ असार/लागूऔषध दुव्र्यसनी रोकथामको क्षेत्रमा कार्य गर्दै आइरहेको मकवानपुर रिकभरिङ समूह शाखा लामसुरेलाई शाह मेडिकल हलले नगद तीनहजार एक रुपैयाँ सहित औषधी सहयोग गरेको छ ।
हलका सञ्चालक केशरीप्रसाद शाहले शाखा प्रमुख सौजन डिसीलाई बुधबार एक कार्यक्रमकाबीच नगद सहित औषधी सहयोग गरेका हुन् । सामाजिक कार्यमा संलग्न रहेको संस्थालाई प्राथमिक उपचारको निम्ति एक वर्ष निःशुल्क स्वास्थ्य उपचार प्रदान गरिने शाहले बताए । लागूऔषधले समाजमा विकराल समस्या उत्पन्न गराएको भन्दै शाहले लागूऔषध दुव्र्यसनमा फसेका व्यक्तिलाई पुर्नस्थापनाको साथै लागूऔषधको बिरुद्वमा सकृय रहेको संस्थालाई सहयोग गरिएको उनको भनाई छ । शाखा प्रमुख डिसीले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगबाट काम गर्ने हौसला बढ्ने बताए ।
