Header Ads


तरुण दलको जिल्ला अधिवेशनको चर्चामा मकवानपुर

हेटौँडा, १ असार/नेपाली काँग्रेसको युवा संगठन तरुण दल मकवानपुरको सम्मेलन भोली ३ गते शुक्रबार हेटौँडामा हुँदैछ । 
यसअघि हेटौँडा उपमहानगर कमिटी, थाहा नगर कमिटी र चारै निर्वाचन क्षेत्रको अधिवेशनले सर्वसहमत रुपमा नयाँ नेतृत्व चयन गरिसकेको छ । यो संगै अब काँग्रेसका नेता, कार्यकर्तादेखि युवाहरुको ध्यान तरुणको जिल्ला सम्मेलन तर्फ केन्द्रीत भएको छ । जिल्ला सम्मेलनबाट तरुण दलको नेतृत्व लिनको निम्ति तीनजनाले इच्छा देखाएको बजारमा चर्चा चल्दै आएको छ भने केहीले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी समेत घोषणा गरिसकेका छन् । 
उम्मेदवारहरु आफ्नो पक्षमा माहौल तयार पार्ने कसरतमा छन् । यो सम्मेलनबाट नेतृत्व लिने उद्देश्यका साथ तरुण दलका वर्तमान सभापति सुनिल दाहालसंगै राजेश भेटवाल र ईश्वर पाठक दौडधुपमा रहेको एक तरुण नेताले जानकारी दिए । ‘दुईवटा नगर र चार निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको कारण जिल्लामा पनि नेताहरुले पक्कै सर्वसहमतिको प्रयास गर्नेछन्’, ति तरुण नेताले भने, ‘सुनिल दाहाल, ईश्वर पाठक र राजेश भेटवालको बीचमा चुनाव हुने अवस्था आउन सक्छ ।’ 
तीनैजनाले आफू सभापति हुने दावी प्रश्तुत गर्दै आफ्नो पक्षमा माहौल सृजना गर्न लागिपरेका छन् । यस्तै उपसभापति पदमा रामकुमार रायमाझी हाराले सामाजिक सञ्जाल मार्फत आफू उपसभापतिको पदमा उम्मेदवारी दिने उल्लेख गरेका छन् भने सचिवमा सन्तोष सापकोटाको चर्चा रहेको छ ।  
यस्तै कोषाध्यक्ष पदमा रुपकराज दाहालको आफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन् । क्षेत्र र नगरमा सर्वसहमत रुपमा नेतृत्व चयन भएकोले जिल्लामा पनि सर्वसहमतीको प्रयास हुन सक्ने सम्भावना रहेको तरुण नेताहरुको भनाई छ ।
Powered by Blogger.