Header Ads


तुल्सी मेहरले ग¥यो विद्यार्थीलाई सम्मान

हेटौँडा/२०७२ सालको एसएलसी परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरुलाई तुलसी मेहर मेमरियल उच्चमाविले बुधबार सम्मान गरेको छ । 
विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा विद्यालयबाट उत्तिर्ण ५७ जना विद्यार्थीलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।  जिल्ला शिक्षा कार्यालय मकवानपुरका सहायक शिक्षा अधिकारी खेमनन्द भुषालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रोफेसश्नल एजुकेश्नल फाउन्डेसन प्रालीका अध्यक्ष बद्रिनाथ शर्मा, विद्यालयका संस्थापक प्रिन्सिपल शिला श्रेष्ठ, कम्पनी सचिव हेमन्त ढुङ्गेल, विद्यालय व्यवस्थापन समितिका सदस्य अचला शर्मा, शिक्षक अभिभावक संघकी अध्यक्ष रिता शाहलगायतको आथित्यता रहेको थियो ।  विद्यालयबाट ग्रेड ए प्लसमा ६ जना, ए मा ६ जना वि प्लसमा २३ जना, वि मा १३ जना, सि प्लसमा ८ जना र सि मा १ जना गरि सत् प्रतिशत विद्यार्थी उत्र्तिण भएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर सिलवालको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी संस्थापक प्रिन्सिपल शिला श्रेष्ठलाई समेत सम्मान गरिएको कार्यक्रममा साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
Powered by Blogger.