Header Ads


विप्लव माओवादीद्वारा खानेपानी इन्जिनियर पक्राउ

इन्जिनियर रमेश महर्जन
हेटौँडा, ८ असार/ विप्लव नेतृत्वको नेकपा माओवादीले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर रमेश महर्जन घुस रकम लिँदै गर्दा बुधबार पक्राउ परेका हुन्  ।  
मकवानपुरगढी ५ स्थित देवीडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भागवत घिमिरे र सचिव गोपाल प्रसाद तिमल्सिनासँग कार्यालय परिसरमै नगद ४५ हजार घुस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरी अख्तियारलाई बुझाएको माओवादी मकवानपुरले जनाएको छ ।  उपभोक्ता समितिका सचिव गोपाल प्रसाद तिमल्सिनाले सात लाख ९६ हजारको खानेपानी आयोजना सम्पन्न गर्न १८ प्रतिशत रकम माग गरेकोमा पहिलो किस्ता स्वरुप ४५ हजार रुपैयाँ इन्जिनियरलाई घुस दिएको बताए । 
कार्यालय समयमा सरकारी निवासभित्र घुस रकम लेनदेन गरिरहेको गोप्य सुचना आएपछि माओवादीका ६ जनाको टोलीले छापा मारी पक्राउ गरेको विप्लव माओवादी मकवानपुरका नेता गोकुल दहालले बताए । ‘विप्लव माओवादीले भ्रष्टचारलाई समातेर केपी सरकारलाई बुझाउने’ बताउँदै दहालले भने–‘सरकारले भ्रष्टचारीलाई कारवाही नगरे जनताले बाँकी नराख्ने’ तर्क प्रस्तुत गरेका थिए ।  
भ्रष्टचार तथा घुसको खेति गर्नेलाई पानी मुनि गएपनि नछोड्ने बताउँदै उनले देशैभरी घुसखोरी नियन्त्रण गर्ने कार्यक्रम सञ्चालन भइरहेको बताए । घुस रकम लिने दिने दुवै पक्षलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको अख्तियार मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाका प्रवक्ता नरेन्द्र भट्टराईले बताए ।
Powered by Blogger.