ओभरलोडका कारण उद्योगहरु समस्यामा
हेटौँडा, ८ असार/हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरुले आवश्यकता अनुसार विद्युत् आपूर्ती नहुँदा ओभरलोड कारण समस्या झेल्दै आएका छन् ।
औद्योगिक क्षेत्रका सबै उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन २० मेगावाट विद्युत् आवश्यक रहेपनि जम्मा छ मेगावाट विद्युत् आपूर्ती भइरहेको उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले
बताए । यहाँका उद्योगहरुले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई एक मेगावाट विद्युत्को महशुल बाहेक डिमाण्ड शुल्क बापत प्रति महिना ३८ लाख रुपैयाँ बुझाउदै आएको संघको दावी छ । तर हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख दिलिप कुमार श्रेष्ठले भने उठाउँदै आएको डिमाण्ड शुल्कको बारेमा जानकारी दिन चाहेनन् ।
बताए । यहाँका उद्योगहरुले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई एक मेगावाट विद्युत्को महशुल बाहेक डिमाण्ड शुल्क बापत प्रति महिना ३८ लाख रुपैयाँ बुझाउदै आएको संघको दावी छ । तर हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख दिलिप कुमार श्रेष्ठले भने उठाउँदै आएको डिमाण्ड शुल्कको बारेमा जानकारी दिन चाहेनन् ।
माग अनुसारको विद्युत् आपूर्ती नहुँदा ओभरलोडका कारण उद्योगहरुले करोडौं रुपैयाँ नोक्सानी ब्यहोर्नुपरेको संघले जनाएको छ । ‘दुई साता अघि मात्र ओभरलोडका कारण ट्रिप भएर सिस्टम बिग्रदा भ्याली फिट उद्योगमा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ’, संघका अध्यक्ष अर्यालले भने, ‘ओभरलोडकै
कारण सिस्टममा समस्या आउँदा दुई सातादेखि सिद्धार्थ प्लेट उद्योग बन्द रहेको छ ।’
ओभरलोडका कारण उद्योगहरुमा दैनिक जसो समस्या आउने गरेको भएपनि विद्युत् आपूर्ती बढाउन सरकार गम्भिर नभएको उद्योगीहरुको गुनासो छ । हेटौँडा औद्योगिक क्षेत्रस्थित ग्याँसिका टेक्सटाईलका सञ्चालक बासु कार्कीले भने, ‘मेरो उद्योगमा जम्मा २६ किलोवाट विद्युत् खपत भईरहेको छ तर मैले ४६ किलोवाट विद्युत्को डिमाण्ड शुल्क बुझाउनुपर्छ ।’ डिमाण्ड शुल्क लिएपनि हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगको क्षमता अनुसार विद्युत् उपलब्ध गराउन नसकेको उद्योगीहरुको गुनासो छ ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले दुई वर्षदेखि विद्युत् आपूर्ती बढाउन काम गरिरहेको छ । कमाने सब स्टेशनबाट दश एमविए विद्युत् ल्याउन काम भईरहेको कार्यालयका प्रशासन अधिकृत दिपक उप्रेतीले बताए । ‘विद्युत्को पोलहरु गाड्ने काम भईरहेको छ,डेढ महिनाभित्र ओभरलोडको समस्या समाधान हुन्छ’,उनले भने ।
संयुक्त अडिट गराउन उद्योगीको दवाब
हेटौँडा÷उद्योगीहरुले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई थप १५ मेगावाट विद्युत्को डिमाण्ड शुल्क बापत बुझाउदै आएको महशुलको संयुक्त लेखा परिक्षण गराउन माग गरेका छन् ।
संघको कार्य समिति बैठकले विद्युत् प्राधिकरण, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय र संघको इन्जिनियर राखेर संयुक्त लेखापरिक्षण गराउन माग गरेकोे संघका अध्यक्ष अर्यालले बताए । ‘हामीसँग लाखौं रुपैयाँ उठाउँछ तर औद्योगिक क्षेत्रको अवस्था भने उस्तै छ’, उनले भने,‘हामीसँग उठाएको पैसा यही क्षेत्रको विकासमा खर्च होस् भन्ने हाम्रो माग हो ।’
औद्योगिक क्षेत्रका एक सय १२ उद्योगहरुमध्ये ८४ उद्योगहरु मात्र सञ्चालनमा रहेका छन् । बन्द हेटौँडा कपडा उद्योगको खाली जग्गामा स्थापना गरिएको हेटौँडा नयाँ औद्योगिक क्षेत्रमा १५ उद्योग स्थापना हुने क्रममा रहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

