Header Ads


लेडी जेसीजको सप्ताह व्यापी कार्यक्रम

हेटौँडा, ९ असार/हेटौँडा लेडी जेसिजले विविध कार्यक्रम गरी जेसिज सप्ताह मनाउने भएको छ । विहीबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै जेसिजले कार्यक्रमहरु सार्वजनिक गरेको हो । 
आउदो असार १४ गते पहिलो पटक गल्र्स स्लो स्कुटी प्रतियोगिता गर्न लागेको हेटौँडा लेडी जेसीजका अध्यक्ष शोभा खरेलले बताइन् । त्यस्तै असार १४ गते नै  मकवानपुर जिल्लामा रहेका पाँचओटा जेसीज र टोल विकास संस्था सँग समन्वय गरी जिवन बिमा सम्बन्धि सचेतना कार्यक्रम, असार १५ गते बृक्षारोपण तथा मोतमिया बज्राचार्य स्मृति उच्च मावि हाजिरी जवाफ प्रतियोगिता, असार १६ गते विनाशकारी भुकम्पमा परि दिवंगत भएकी जेसी सजनी कोजुको स्मृतिमा उज्वल शिशु निकेतनमा कक्षा सातमा 
अध्ययनरत छात्रा आरती बोगटीलाई नगद पाँच हजार छात्रावृति वितरण गरिने अध्यक्ष खरेलले बताइन् । त्यसैगरी असार १६ गते बूद्ध रत्न शाक्य स्मृति अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता र  असार १७ गते समापन कार्यक्रम रहेको खरेलको भनाइ रहेको छ  ।  
पत्रकार सम्मेलनमा जेसिज निर्वतमान राधिका श्रेष्ठ, मुल कार्यक्रम संयोजक सोफिया फागो, सहमूल कार्यक्रम संयोजक रन्जु  श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
Powered by Blogger.