Header Ads


मोक्तान पोलिटब्यूरो, अन्य तीन केन्द्रीय सदस्य

हेटौँडा, १९ जेष्ठ/विभिन्न टुक्रामा विभाजन भएको माओवादी मिलेर बनेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिमा मकवानपुरका तीनजना केन्द्रीय कार्यसमितिमा थपिएका छन् भने दुईजना केन्द्रीय सल्लाहकारमा चयन भएका छन् । 
माओवादी केन्द्रको बुधबार काठमाण्डौँमा बसेको केन्द्रीय कार्यसमिति बैठकले ९ सय ९९ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरेसंगै मोहन बैद्य नेतृत्वको माओवादीमा रहेका र केन्द्रमा एकता भएर आएका तीनजनाले केन्द्रीय समितिमा स्थान बनाउन सफल भएका हुन् । पूर्व सभाषद् कुमारी मोक्तान यसअघि नै केन्द्रीय सदस्य रहेकी थिइन् भने भीम पाख्रिनलाई पनि केन्द्रीय सदस्य बनाइसकेको छ । बुधबारको बैठकले कमानसिंह पाख्रिन पृथक, आशा नेपाली र विवेक राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । यस्तै मकवानपुरका जयबहादुर वाईवा छेडुप र राममाया पाख्रिनलाई सल्लाहकार बनाएको छ ।  राममाया रुद्र पाख्रिनको श्रीमति 
हुन् । यस्तै पूर्व सभाषद् कुमारी मोक्तान पोलिटब्यूरो सदस्य भएकी छिन् । बुधबारको बैठकले उनलाई पोलिटब्यूरो सदस्य बनाएको हो । यसअघि ६ सय ९९ रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति अब ९ सय ९९ हुनेछ । 
यस बिषयमा यता एकीकृत नेकपा माओवादी (हालको माओवादी केन्द्र) मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले भने यस बिषयमा आधिकारीक जानकारी नभएको बताए ।
Powered by Blogger.