Header Ads


मोबाइल एशोसिएसनद्धारा स्थापना दिवसमा रक्तदान

हेटौँडा, १९ जेष्ठ/मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुरले पाँचौ स्थापना दिवस रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको छ । 
बुधबार बिहान हेटौँडाको बुद्धचोकमा आयोजित रक्तादानमा २३ जनाले रक्तदान गरेका छन् । स्थापना दिवस सामाजिक कार्य गरेर मनाउने उद्देश्यका साथ रक्तदानको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । संस्थाका अध्यक्ष अकुरप्रसाद गौतमको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा संस्थापक अध्यक्ष छतेन्द्र आचार्यको विशेष आतिथ्यता रहेको थियो । आचार्यले संस्था दर्तादेखिको अवस्थाको बिषयमा जानकारी गराउँदै स्थापना दिवसमा रक्तदानको आयोजना गरेको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा केक काटेर स्थापना दिवसको उद्घाटन गरिएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यद्वय दिवस पराजुली र काव्यमणि अधिकारी, फर्निचर तथा फर्निसिङ व्यवसायी संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष रामप्रसाद न्यौपाने, मकवानपुर विद्युतीय व्यवसायी संघका अध्यक्ष शिवकुमार कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Powered by Blogger.