Header Ads


संविधान कार्यान्वयन पहिलो आवश्यकता ः मन्त्री थापा

हेटौँडा, १९ जेष्ठ/उपप्रधान, परराष्ट्र तथा स्थानीय विकासमन्त्री कमल थापाले प्राप्त संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक विकास तर्फ लैजानु आजको आवश्यकता रहेको बताएका छन् । 
राप्रपा नेपाल मकवानपुर क्षेत्र नम्बर–२ को अधिवेशनको बुधबार कुलेखानीमा उद्घाटन गर्दै थापाले संविधान कार्यान्वयन गर्दै आर्थिक विकासमा लाग्न सबै दलस“ग आग्रह गरे । चुनावको बेलामा जनतासंग गरेको वाचा पूरा गर्नको निम्ति उनले सबै राजनीतिक दललाई अनुरोध गरे । नेपालमा २००७ सालपछि आधा दर्जन संविधान बनिसकेको स्मरण गर्दै थापाले जनताको हित नगरे यो संविधान पनि टिकाउ नहुने जिकिर गरे । ‘२००७ सालमा राजा र जनताको प्रयासमा आएको संविधानपछि आधा दर्जन संविधान फालिएका छन् । 
यो संविधानले पनि जनतामा हा“सो ल्याएन भने यो पनि जनताले फाल्नेछन्,’ थापाले भने । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका थापाले गलत राजनीतिक व्यवस्थाविरुद्ध संघर्ष र अनुभवलाई दृष्टिगत गर्दै अब संविधानलाई अझ परिमार्जित गर्दै लाने हो भने मात्र आर्थिक विकास हुने दावी गरे । अबको राजनीतिमा विद्रोह र आन्दोलन नभएर शान्ति चाहिने भन्दै नेपालमा शान्ति, स्थायीत्व र विकास चाहनेहरुका लागि 
राप्रपा नेपाल एकमात्र विकल्प रहेको उनको भनाई छ । सबै पार्टीलाई जिताइसकेको भन्दै विकास हेर्न र देशको मुहार फेर्न गाउ“ र संसद्बाट एकपटक राप्रपा नेपाललाई साथ दिन उनले आग्रह गरे । अरुको आलोचना गरेर भन्दा पनि आफू केही गरेर नमूनालायक विकास गरेर देखाउने थापाको भनाई छ ।
Powered by Blogger.