Header Ads


हाँडीखोलामा अर्को पक्की पुल बन्ने

हाँडीखोला, ७ असार/मकवानपुरको हाँडीखोला–६ र हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२९ सानान्टार जोड्ने गरी राप्तीखोलामा पक्की पुल निर्माण हुने भएको छ । 
पक्कीपुल बन्ने खबर लिएर मंगलबार दिउँसो सांसद् गणेश थापा हाँडीखोला पुगेका छन् । हाँडीखोला गाविसमा एक कार्यक्रमको आयोजना गर्दै उनले पक्कीको योजना रातो कितावमा परिसकेको बताए । ‘अब हाँडीखोलाका बासिन्दाले पक्की पुलको अभावमा यस अघि जति दुःख पाएपनि अब त्यो दुःखको अन्त्य हुने भएको छ’, थापाले भने, ‘उपप्रधान, परराष्ट्र एवम् स्थानीय विकास मन्त्री कमल थापाको विशेष पहलमा अब यो स्थानमा पक्कीपुल बन्ने पक्कापक्की भएको छ ।’ साउनमा सर्वे हुने र कात्तिक÷मंसीर महिनाबाट निर्माण काम सुरु हुने दोहो¥याउँदै सांसद् थापाले पुल निर्माणमा सहयोग गर्नको लागि स्थानीयलाई अनुरोध समेत गरे । थापाले हाँडीखोलाका अगुवा एवम् राप्रपा नेपालका कार्यकर्ताको अगाडी मन्त्रालयमा फोन गरेर सानान्टार र हाँडीखोला जोड्न राप्तीखोलामा पुल बन्ने पक्कापक्की भएको खबर सुनाएको युवा मोर्चा हाँडीखोलाका अध्यक्ष सरोजकुमार पाठकले जानकारी दिए । ‘पक्की पुल नहुँदा हामीले निकै सास्ती खेप्दै आएका थियौँ । पुल बन्ने कुराले हाँडीखोलाका बासिन्दामा खुसीको लहर छाएको छ’, पाठकले भने । 
सांसद् थापाले स्थानीयको मागको आधारमा पुलको काम अघि बढेको बताएका छन् । हाँडीखोला–६ लामिटार र 
मनहरी–८ रजैया जोड्ने पक्की पुल समेत निर्माणाधिन अवस्थामा रहको छ । पछिल्लो पाँच बर्षयता हाँडीखोलामा दुईवटा झोलुङ्गे पुल समेत निर्माण भैसकेको छ ।
Powered by Blogger.