Header Ads


रेफ्री प्रशिक्षणका लागि केसी चीनतिर

हेटौँडा, ७ असार/मकवानपुर जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष एवम् अन्तर्राष्ट्रिय रेफ्री अर्जुन केसी चीनमा हुन लागेको ८७ औं अन्तर्राष्ट्रिय रेफ्री प्रशिक्षणमा सहभागिता जनाउन चीन प्रस्थान गरेका छन् । 
चीनको होहोत शहरमा हुन लागेको अन्तर्राष्ट्रिय रेफ्री प्रशिक्षणमा नेपालबाट केसीसहित पाँचजनाले सहभागिता जनाउँदैछन् । नेपालबाट केसीसहित कविराज नेगी र विश्वराज राई (काठमाडौं) मिनु कार्की (दोलखा) र अर्जुनभक्त राई (खोटाङ) ले जुन २५ गतेदेखि २९ गतेसम्म हुने प्रशिक्षणमा सहभागिता जनाउनेछन् । प्रशिक्षणमा एसिया भरबाट प्रत्येक देशबाट पाँच÷पा“चजना रेफ्रीहरु सहभागी 
हुनेछन् । अन्तर्राष्ट्रिय रेफ्री प्रशिक्षणका लागि काठमाडौंतर्फ लागेको केसीलाई मंगलबार निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम 
पराजुलीले एक कार्यक्रमका बीच बिदाइ गरेका छन् । केसी निर्माण व्यवसायी संघका उपमहासचिव समेत रहेका छन् । केसीले पुम्से र हान्मादाङको रेफ्री कोर्ष गरिसकेका छन् । २०५८ सालबाट 
रेफ्रीको भूमिका निर्वाह गरेका थिए । केसीले पछिल्लो पटक नेपालगञ्जमा भएको राष्ट्रिय प्रतियोगिता र पोखरामा भएको हान्मादाङको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाएका थिए । यो प्रशिक्षणपश्चात् साफ र ओलम्पिक समेत खेलाउनका लागि योग्यता पूरा हुने बताउँदै उनले चीनमा केही नयाँ बिषय सिक्न सकिने विश्वास व्यक्त गरे ।
Powered by Blogger.