Header Ads


उत्तरी क्षेत्रमा बाली विज्ञान र सिविल ईन्जिनियरिङ पढाई शुरु

थाहानगर, ७ असार/उत्तरी मकवानपुरको थाहा नगरपालिका र आग्रामा बाली विज्ञान र सिविल ईन्जिनियरिङ बिषयको पढाई सुरु हुने भएको छ । 
मंगलबार एक कार्यक्रमका बीच शिक्षामन्त्री गिरीराजमणी पोखरेलले प्राविधिक शिक्षा अन्तरगतको बाली विज्ञान र सिविल ईन्जिनियरिङ कक्षाको शुभारम्भ गरेका हुन् । थाहाको जनकल्याण उच्च मावि र आग्राको सुन्दरीदेवी माविमा सञ्चालन हुन लागेको प्राविधिक शिक्षा अन्तरगत बाली विज्ञान र सिविल ईन्जिनियरिङ विषयको मन्त्री पोखरेलले विधिवत उद्घाटन गरेका हुन् । जनकल्याण उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिबकुमार स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री पोखरेलले प्राविधिक शिक्षाको महत्वको बिषयमा मन्तव्य व्यक्त गरेका थिए । 
मन्त्री पोखरेलले यस विषयलाई संस्थागत गर्न सबै स्थानीयको सहयोग आवश्यक रहेको बताए । अबका दिनमा निजी विद्यालय खोल्न नपाउने उनको भनाई छ । अब गाउँगाउँमा नै प्राविधिक विषयको पढाई हुने भएपछि स्थानीय अभिभावक खुसी भएका छन् ।  सरकारको नीति अनुरुप एक निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षा अन्तर्गत जनकल्याणमा वालि विज्ञान र सुन्दरीदेवीमा सिविल ईन्जिनियरिङ विषयको पढाई हुन लागेको हो । कार्यक्रममा दुईजनालाई सम्मान समेत गरिएको छ । भूकम्पपश्चात क्षतिग्रस्त विद्यालयको भवन व्यवस्थापनमा सहयोग गरेको भन्दै नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष बलराम बल र स्थानीय देवेन्द्र बस्नेतलाई सम्मान गरेको हो ।  बस्नेतले भूकम्प पश्चात दुईलाख ४१ हजार आर्थिक सहयोग र एकसय मिटर म्याट सहयोग गरेका थिए । 
जनकल्याण उच्च माविमा यस शैक्षिक सत्रमा ४८ जनाले कृषि प्राविधिकतर्फ बाली विज्ञान अध्ययन गर्दैछन् भने सुन्दरीदेवी माविमा यस शैक्षिकमा सिविल इन्जिनियरिङतर्फ ३१ जनाले अध्ययन गर्ने भएका छन् ।
Powered by Blogger.