Header Ads


मकवानपुर लागूऔषधको केन्द्रविन्दु

प्रदेश दैनिकका ढकाल सम्मानित
हेटौँडा, १२ असार/मकवानपुर जिल्ला लागूऔषध उत्पादन एवम् ओसारपसार गर्नेको केन्द्रविन्दु भएकोले यहाँ लागूऔषधको प्रयोगकर्ता समेत बढी रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माको भनाई रहेको छ । 
आइतबार हेटौँडामा लागूऔषध नियन्त्रण अभियान समितिको आयोजना तथा मकवानपुर रिकभरिङ समूहको संयोजनमा भएको लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको २९ औँ अन्तराष्ट्रिय दिवसको कार्यक्रममा प्रमुख अतिथि रहेका विकले धेरै जसो सिमाना जोडिएको राजमार्ग मकवानपुर भएकाले लागूऔषधको कारोवारमा यस जिल्ला बढी प्रभावित भएको बताए । 
‘मृत्युको मुखबाट फिर्ता ल्याउने काम गर्ने संस्थाहरु पनि रहेका छन्’, उनले भने, ‘मकवानपुर रिकभरिङ समूह जस्ता संस्थाहरुलाई सबैको सहयोग आवश्यक छ ।’ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवप्रसाद गौतमले दुव्यर्सनी सम्बन्धी काम गरिरहेको समूहसँग सहकार्य गर्दै अघि बढ्ने बताए । कार्यक्रममा लागूऔषध दुव्र्यसनी सम्बन्धी जनचेतना फैलाउन सहयोग पु¥याउने कार्य गरेको भन्दै प्रदेश दैनिकका संवाददाता सुजन ढकाल, पत्रकार गोविन्द न्यौपाने, जिल्ला विकास समिति मकवानपुर, हेटौँडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर, वडाप्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, विद्यार्थी जागरण मञ्च (विजाम) र लागूऔषध प्रयोग गरेर सुध्रेका रामकृष्ण शाहीलाई कदरपत्रले सम्मान गरेको थियो । 
समूहले आइतबार दिवसको अवसरमा निकालिएको ¥याली चौकिटोल, बुद्धचोक, सिमाचोक हुँदै हुप्राचौरमा पुगेर टुंिगएको समूह शाखा प्रबन्धक सौजन डिसीले जानकारी दिए । 
समूहका अध्यक्ष दिपु तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश दैनिकका सहसम्पादक विजय पौडेल, रिकभरिङ समूहका प्रतिनिधी अजित राई लगायतले शुभकामना मन्त्व्य व्यक्त गरेका थिए । 
समूहले दिवसको अवसर पारेर आइतबार सिमेन्टरोडमा रशितलमहल चोकमा दिप प्रज्वलन गरेको थियो ।
Powered by Blogger.