Header Ads


हेटौँडा क्याम्पसमा यस बर्षदेखि ११ को पढाई

हेटौँडा, १२ असार/हेटौँडा क्याम्पसमा यस शैक्षिक शत्रबाट कक्षा ११ को कक्षा फेरि सुरु हुने भएको छ । विश्वविद्यालय अनुदान आयोगको कारण गत २०६९ सालबाट कक्षा ११ मा भर्ना रोकिएकोमा यस शैक्षिक शत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको छ । 
क्याम्पस प्रशासनले आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै असार १४ गतेबाट कक्षा ११ को भर्ना सुरु हुने जानकारी गराएको हो । ‘जिल्ला मै पहिलो पटक दशजोड दुईको कक्षा सञ्चालन गरेको यस क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सर्तका कारण २०६९ सालबाट दशजोड दुईमा भर्ना बन्द गरेको थियो’, क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले भने, ‘अहिले अनुदान आयोगले नै दशजोड दुई सञ्चालन गर्न सक्ने भनेका कारण यस बर्षबाट पुन ः सञ्चालन गर्न लागेका हौँ ।’ आयोगको सहयोग लिनको लागि दशजोड दुई सञ्चालन खारेजी गर्नुपर्ने प्रावधान भएकोले २०६९ बाट स्नातक र स्नातकोत्तर तहको मात्र पढाई हुँदै आएको थियो । यस शैक्षिक शत्रबाट कक्षा ११ मा व्यवस्थापन र शिक्षा संकायको पढाई सुरु हुनेछ भने आगामी बर्षबाट मानविकी संकायको समेत पढाई सुरु गरिने क्याम्पस प्रमुख मानन्धरको भनाई छ । व्यवस्थापन तर्फ मुख्य बिषय गणित, अर्थशास्त्र, कम्प्यूटर विज्ञान, विजनेश स्टडिजको पढाई हुनेछ भने शिक्षा तर्फ अंग्रेजी, गणित, नेपाली, अर्थशास्त्र, स्वास्थ्य र जनसङ्ख्या बिषयको पढाई हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । २०४७ सालमा स्थापना भएको क्याम्पसमा दक्ष एवम् अनुभवी प्राध्यापक रहेको र न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको क्याम्पस प्रशासनको दावी छ ।
Powered by Blogger.