पत्रकारसंग माफ मागे आमभञ्ज्याङका नेताहरुले
हेटौँडा, १२ असार/समाचारको बिषयमा पत्रकारलाई अनावश्यक आरोप लगाएका मकवानपुरको आमभञ्ज्याङ गाबिसका राजनीतिक दलहरुले माफी मागेका छन् ।
सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी गर्दै पत्रकारको मानहानी समेत गरेका केही स्थानीय र आमभञ्ज्याङका नेताहरुले माफ मागेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाता भित्रबाट ठूला राजनीतिक दलहरुका नेताहरुले आमभञ्ज्याङमै पुगेर स्थलगत रुपमा रिपोर्टिङको आधारमा समाचार लेख्नु जायज भएको बताउँदै आफूहरुबाट गल्ति भएको स्वीकार्दै माफी मागेका हुन् ।
नियम विपरित आमभञ्ज्याङ–३ ज्यामिरेखोलामा तीनवटा एक्साभेटर र एक दर्जन टिफर खोला दोहनमा प्रयोग गरिएको बिषयमा मकवानपुर सहित राष्ट्रिय स्तरका संचारमाध्यमबाट प्रकाशन प्रसारण भएको थियो । प्रहरी कार्यालयमा नेपाली काँग्रेस आमभञ्ज्याङका अध्यक्ष एटबहादुर बस्नेत, नेकपा एमाले आमभञ्ज्याङ गाउँ कमिटीका सचिव सिताराम तिमल्सिना, नेकपा माओबादी केन्द्र आमभन्ज्याङका अध्यक्ष लिलाबहादुर भ्लोन, राप्रपा नेपाल आमभञ्ज्याङका अध्यक्ष जयराम तिमल्सिनाले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै गलत कामलाई गलत भन्ने परमपराको सुरुवात गर्ने बताए । संयुक्त प्रेस विज्ञप्तीमा नेकपा एमाले मकवानपुर क्षेत्र नंम्बर २ का अध्यक्ष बिदुर हुमागाई, एमाले आमभन्ज्याङका पुर्व अध्यक्ष जितबहादुर घिमिरे र नेपाली काँग्रेस आमभञ्ज्याङका सल्लाहकार बलराम घिमिरे साक्षीको रुपमाआमभञ्ज्याङ जाने सहीद बासुदेब मार्ग निर्माणको क्रममा ज्यामिरेखोलामा एक्साभेटरले अबैधानिक रुपमा खनेर सडकमा ग्राभेल भर्ने गरेको समाचारका बिषयमा आफूहरुबाट गल्ति भएको बताएका हुन् ।
असार, साउन र भदौ महिनामा खोलाबाट कुनैपनि पदार्थ उत्खननन् एवम् ओसारपसार गर्न नपाउने भएपनि सडक निर्माणको क्रममा केही राजनीतिक दलका नेताको आडमा अवैधानिक तरिकाले ज्यामिरे खोलामा निर्माण कम्पनिले खनेर सडकमा प्रयोग गरेको समाचार प्रकाशन प्रसारण भएको थियो ।
विज्ञप्तीमा त्यस घटनामा पत्रकारहरुलाई चोट पु¥याउन नखोजेको बताइएको छ ।

