Header Ads


हेटौँडामा पहिलो पटक महिला दौड

हेटौँडा, २४ जेष्ठ/हेटौँडामा पहिलो पटक खुला महिला दौड प्रतियोगिता हुने भएको छ । 
महिलालाई खेल क्षेत्रमा उत्साह जगाउनुको साथै खेल क्षेत्रमा आएको विकृतिलाई हटाउनको लागि यहि जेठ २९ गते बिहान महिला दौड गर्न लागिएको आयोजक सेभेन स्टार स्पोर्टस् क्लव हेटौँडा–१० ले जानकारी दिएको छ । केही समय अघि मात्र स्थापना भएको यस क्लवले परिचयात्मक कार्यक्रमको रुपमा दुईकिलो मिटर महिला दौडको आयोजना गर्न लागेको क्लव अध्यक्ष लव अधिकारीले जानकारी दिए । ‘खेल क्षेत्रमा पुरुषको तुलनामा महिलाको सहभागिता कमी रहेको छ । महिलालाई खेल क्षेत्रमा लाग्नको निम्ति हौसला बढाउनुका साथै खेल क्षेत्रमा रहेको विकृति हटाउने उद्देश्यका साथ यो प्रतियोगिता गर्न लागेका हौँ’ अध्यक्ष अधिकारीले भने । 
आयोजकले प्रतियोगिताको विजेतालाई नगद पुरस्कारको व्यवस्था समेत गरेको छ । क्लवका कोषाध्यक्ष प्रभु श्रेष्ठका अनुसार दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ः नगद ५ हजार, ३ हजार र २ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । कर्राको पुलछेउदेखि बुद्धचोक सम्म हुने दौडमा ५० जनाको सहभागिता हुने आयोजकको अपेक्षा रहेको छ । आयोजकले दौडमा महिला खेलाडीलाई सहभागिताको निम्ति अनुरोध समेत गरेको छ । केही समय अघि मात्र दर्ता भएको यस सेभेन स्टार स्पोर्टस् क्लवले खेलकुदका गतिविधीलाई निरन्तरता दिँदै जाने अध्यक्ष अधिकारीको भनाई छ ।
Powered by Blogger.