Header Ads


चट्याङले विद्यार्थी वेहोस

हेटौँडा, २४ जेष्ठ/चट्याङको कारण मकवानपुरको हाँडीखोला–४ मा रहेको सीता माविमा अध्ययनरत दुईजना वेहोस भएका छन् । 
सोमबार बिहान करिब साँढे ११ बजेको समयमा स्कूलमा परेको चट्याङका कारण कक्षा १० मा अध्ययनरत विनितामाया मोक्तान र देवीमाया थिङ घाइते वेहोस भएका हुन् । स्कूल नजिकैको रुखमा दुईपटक र विद्यालयमा एकपटक चट्याङ परेको थियो । वेहोस भएका विद्यार्थीहरुको हेटौँडा अस्पतालमा उपचार भैरहेको विद्यालयका शिक्षक रोशन अर्यालले जानकारी दिए । ‘करिब १५ मिनेटको समयमा तीन पटक परेको चट््याङका तर्सिएर तीनजना बिद्यार्थी वेहोस भएकोमा केहीबेर पछि अपेक्षा गोलेको होस आयो’, अर्यालले भने, ‘विनिता र देवीलाई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको छ ।’ चट्याङका कारण स्कूलसंगै घर भएका स्थानीय प्रेमबहादुर थिङको एउटा हात नचलेको बताइएको छ । चट्याङपश्चात विद्यार्थीसंगै शिक्षक शिक्षिकामा टाउको दुख्ने, मुटु दुख्ने र वाक्वाक लाग्ने समस्या देखिएको छ । विद्यार्थी र शिक्षकमा यस्तो समस्या भएपछि विद्यालयको पठनपाठन बन्द गरिएको शिक्षक अर्यालले जानकारी दिए ।
Powered by Blogger.