Header Ads


युवा संघले मनायो असार पन्ध्र

हेटौंडा/युवा संघ नेपाल हेटौंडा उपमहानगर कमिटीले १३ औं राष्ट्रिय धान दिवस मामाघर नेपालमा आश्रित बालबालिकाहरुस“ग मनाएको छ ।  युवा संघ नगर कमिटीले बुधवार दही चिउरा खाएर अर्थात असार १५मनाएको हो । 
नगर अध्यक्ष तीर्थ रोक्काको सभाध्यक्षतामा तथा युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । मामाघरमा आश्रित १८ बालबालिकाले नेकपा एमाले युवा इञ्चार्ज सुनिल मोक्तान, युवा संघ मकवानपुर अध्यक्ष सन्तोष चौलागाईं, ३ नं. क्षेत्रीय अध्यक्ष चन्द्र शाही, २ नं. क्षेत्रीय अध्यक्ष सागर पाण्डे, नगर सचिव नरेन्द्र भण्डारी, संघका प्रकाश लामा, अनिल लामा, सानु लामा लगायतस“ग दही चिउरा खाएका छन् । संघले उनीहरुको भविष्यप्रति चासो देखाएको छ । सडकमा छ“दा बेहाल भविष्यलाई मामाघरले एउटा मागदर्शन दिइरहेको अवस्थामा समृद्ध भविष्य निर्माणको लागि ‘भाञ्जा’हरुलाई संघले निरन्तर सहयोग पु¥याउने संघ अध्यक्ष चौलागाईंले बताए । 
‘भाञ्जा’हरुको स्वास्थ्य, शिक्षाको आवश्यकतामा हातेमालो गर्न संघ तयार रहेको उनले बताए । 
Powered by Blogger.