Header Ads


क्रसर व्यवसायी संग छैन स्टक सामानको विवरण

हेटौँडा, २३ असार/मकवानपुरको मनहरी र बसामाडी क्षेत्रमा रहेका क्रसर व्यवसायायीसंग कति सामान स्टक छ र कुन ठाउँमा के कति परिमाणमा विक्री गरियो भन्ने विवरण नै नभएको पाइएको छ । 
बिहीबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको संयोजकत्वमा जिल्लामा रहेका नौ वटा क्रसरको अनुगमन गरिएकोमा नौ वटै क्रसर संग स्टक सामान र कसलाई के कति परिमाणका सामान बेचियो भन्ने बिषयको विवरण नभएको पाइएको हो । ‘मनहरी र बसामाडीमा रहेका नौ वटा क्रसरको अनुगमन गरेका छौँ’ सहायक प्रजिअ पन्तले भने, ‘विक्री, इजाजत, स्टक केहीको पनि लगत भेटिएन । आवश्यक सम्पूर्ण कागजात लिएर तीनदिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छौँ ।’ 
९ वटा क्रसर मध्ये ७ वटा सञ्चालन र ३ वटा बन्द अवस्था रहेको भेटिएको छ । क्रसरमा स्टक रहेको ढुङ्गा कुट्दै गरिरहेको अवस्थामा रहेका क्रसरहरुले अनुगमन टोलीलाई आफूसंग भएको स्टक सामानको विवरण र कहाँ कति बेचियो भन्ने बिषयमा जानकारी दिन नसकेका हुन् । अनुगमनको क्रममा प्रायः क्रसरमा मुख्य सञ्चालक भेट्न मुस्किल परेको छ । 
अनुगमनका क्रममा क्रसरमा भेटिएका व्यक्तिहरुले आफू कामदार भएको बताउँदै विवरणको बिषयमा थाहा नभएको प्रतिक्रिया दिएका थिए । असार, साउन र भदौ महिनामा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसारमा प्रतिबन्द्व लगाइएको अवस्थामा स्टक सामान, बिक्री विवरणलगायका बिषयमा जानकारी लिनको निम्ति अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पन्तको भनाई छ । अनुगमनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक बामदेव गौतम, जिविस मकवानपुरका राजेन्द्र भट्टराई, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुष्कर भट्टराई, सहायक भू–संरक्षण अधिकृत अशोककुमार बर्र्तौला, जिविसका सब–इन्जिनियर मनोहर घिमिरेलगायतको उपस्थिती रहेको थियो ।
Powered by Blogger.