Header Ads


प्रशासनमा नागरिक सहायता कक्ष तथा परामर्श केन्द्र

हेटौँडा, ५ साउन/वैदेशिक रोजगारमा जाने चाहनेहरुको सहजता एवम् जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको समस्या समाधानमा मद्दत पु¥याउने उद्देश्य सहित प्रशासन कार्यालय मकवानपुरमा नागरिक सहायता कक्ष तथा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ । 
वैदेशिक रोजगारीमा जान चाहनेलाई सहजीकरण गर्दै आवश्यक सूचना दिने तथा राहदानीको लागि फारम भर्ने, फोटो खिच्ने, फोटोकपी गर्ने र हुलाक टिकट समेत बेच्ने गरी सञ्चालनमा ल्याइएको केन्द्रको बुधबार प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले उद्घाटन गरेका हुन् । नेपाल सरकारले सबै जिल्लाहरुमा नागरिक सहायता कक्ष स्थापना गर्ने योजना बनाएस“गै जिल्लामा पनि स्थापना गरिएको प्रजिअ विश्वकर्माको भनाई छ । 
‘कानुनी झण्झट, विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने अवस्थालगायतका कारण नागरिकले सेवा लिन आउने क्रममा अनेक समस्या झेल्नुपरेको छ’, उनले भने, ‘सहयाता कक्ष आम सर्वसाधारणका लागि हो । यसबाट सर्वसाधरणले केही राहत महसुस गर्ने विश्वास लिएका छौँ ।’ उनले यस कार्यले मध्यस्थता (दलाली) गर्नेबाट सर्वसाधारणले छुट्कारा पाउने विश्वकर्माको विश्वास छ । केन्द्रले बैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक परामर्श दिनेछ । नागरिक सहायता कक्ष नेपाल सरकारले दीर्घकालिन रुपमा सञ्चालन गर्ने गरी खुलाएको भन्दै प्रजिअ विश्वकर्माले अन्यौलमा परेका सेवाग्राहीलाई केन्द्रले सहजीकरण गर्ने विश्वास व्यक्त गरे । मानव अधिकार संरक्षण तथा मानव वेचविखन विरुद्धको सञ्जाल मकवानपुले सूचना केन्द्र सञ्चालनको जिम्मेवारी लिएको छ । 
केन्द्रमा जिल्ला प्रशासन कार्यालयमा उपलब्ध हुने सेवाका विषयमा सेवाग्राहीलाई जानकारी गराइने र राहदानीको लागि फारम भर्ने, फोटो खिच्ने, फोटोकपी गर्ने र हुलाक टिकट समेत बेच्ने सञ्जाल संयोजक आरती पाठकको भनाई छ । बाहिर फारम भर्ने सर्वसाधारणले बढी रकम खर्च गर्नुपरेको गुनासो गरेको भन्दै उनले अन्यत्र भन्दा सहज एवम् न्यून रकममा सेवा दिने बताइन् । कसैलाई पनि प्रशासनमा रहेको केन्द्रबाटै फारम भर्नुपर्छ भनेर जबरजस्ती नगर्ने बताउँदै उनले केन्द्र सञ्चालनबाट बचेको रकम हिँसामा परेको महिलाको क्षेत्रमा खर्च गरिने बताइन् । सञ्जाल उपाध्यक्ष माया लामाले दक्ष जनशक्तीबाट सर्वसाधारणको समस्या हल हुने गरी काम गरिने जानकारी दिइन् । मंगलबार नै विपद् व्यवस्थापन सूचना केन्द्रको पनि उद्घाटन गरिएको छ । जिल्लामा आइपर्ने विपद्का विषयमा केन्द्रले सूचना संकलन गर्नेछ ।
Powered by Blogger.