भोम्जनको स्मृतिमा हेटौँडामा रक्तदान हुने
हेटौँडा, ५ साउन/२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेर निधन भएका मकवानपुरे खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा हेटौंडामा वृहत रक्तदान हुने भएको छ ।
पत्रकार भोम्जनको स्मृतिमा गठन भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुरको आयोजनामा आगामी साउन ९ गते विहान ७ बजे हेटौंडाको बुद्धचोकमा रक्तदान हुने भएको हो । हेटौंडामा रगतको अभाव भइरहेको खबर बारम्बार आइरहेको कारण रक्तदान नै जीवन दान हो भन्ने उद्देश्यअनुरुप रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले बताए ।
रक्तदान कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, मकवानपुर जिल्ला खेलकुद विकास समिति, विभिन्न खेलकुद संघका पदाधिकारीहरु, खेलाडीहरु, सुमन भोम्जनका परिवारजन, सेना, प्रहरी, सशस्त्र प्रहरी, खेलप्रेमी र शुभचिन्तक हरुको सहभागिता रहने उनले बताए । प्रतिष्ठानले रक्तदान कार्यक्रममा उपस्थितीको निम्ति सबैलाई अनुरोध समेत गरेको छ ।

