Header Ads


हेटौँडामा थकाली किचेन शुभारम्भ

हेटौँडा, ५ साउन÷हेटौँडामा बुधबारबाट नयाँ होटल सञ्चालनमा आएको छ । 
हेटौँडा, बुद्वचोक नजिकै थकाली किचेन होटल सञ्चालनमा आएको हो । बुधबार एक कार्यक्रमका बीच होटलको उद्घाटन गरिएको हो । हेटौँडामा धेरै होटल भएपनि ग्राहकले चाहेको जस्तो सफा एवम् शान्त वातावरणमा खाना तथा नास्ता खाने होटलको अभावै रहेको अवस्थालाई मध्यनजर गर्दै तकाली किचेन सञ्चालनमा ल्याइएको होटलका प्रोपाइटर जंगबहादुर बस्नेतको भनाई छ । ‘ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हुनेछ’, बस्नेतले भने, ‘यहाँका ग्राहकको चाहनालाई मध्यनजर गर्दै हामीले उत्कृष्ट सेवा दिनेछौँ भन्ने विश्वास दिलाउन चाहन्छौँ ।’ 
थकाली खाना तथा स्वादिष्ट नास्ताका विशेष परिकारको स्वाद शान्त एवम् पारिवारीक वातावरणमा लिन सकिने होटलका अर्का प्रोपाइटर प्रदीप न्यौपानेले बताए । 
शुभारम्भको अवसरमा बुधबारदेखी साउन २० गते स्न्याक्समा २० प्रतिशत छुटको व्यवस्था रहेको उनको भनाई छ ।  
Powered by Blogger.