पदाधिकारीहरुको टुङ्गो लाग्यो
हेटौँडा, ६ साउन/लायन्स क्लब अफ हेडम्बा मकवानपुरको विहीबारको बैठकलेपदाधिकारीहरुको टुङ्गो लागेको छ ।
विहीबारको बैठकले प्रथम उपाध्यक्षमा शुक्रराज जोशी, द्वितिय उपाध्यक्षमा शेखर श्रेष्ठ, तृतिय उपाध्यक्षमा शोभा खरेल, सचिवमा सुधिर दाहाल, सहसचिवमा सिर्जना मानन्धर, कोषाध्यक्षमा निरबहादुर बस्नेत, सहकोषाध्यक्ष पदमा रमिला घलान चयन भएका छन् । त्यसैगरी डाइरेक्टरहरुमा गमलाराज भण्डारी, स्वफिया फागो, सञ्जय पाठक, विश्वास उप्रेती चयन भएका छन् । यसैगरी टेम्अरमा सञ्जय महर्जन, शाखा सम्पादक सपना कडेँल, अर्थ संकलनमा सुशिल बानियाँ, वृद्धि संयोजकमा प्रविन श्रेष्ठ, अनुशासन कमिटी संयोजकमा सविन अमात्य, पब्लिक रिलेशन अफिसरमा कृपाथापा मगर चयन भएका थिए ।
संस्थाको सदस्यमा रुपेश केसी, सुनिल दास, सन्तोस दास, अनिकेत ठाकुर, जुनु श्रेष्ठ, सुगम ढकाल, प्रकाश लामा, शिवनारायण श्रेष्ठ चयन भएका थिए । गत असार २१ गते संस्थाको अध्यक्षमा कविन सांगामी निर्विरोध चयन भएका थिए ।

