Header Ads


पुनरावेदन बारमा काँग्रेस माओवादी निकटको संयुक्त प्यानल विजयी

हेटौँडा, १५ साउन/पुनरावेदन बार एशोसिएसन हेटौँडामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र समर्थित कानुन व्यवसायीको संयुक्त प्यानल विजयी भएको छ । 
आगामी २ बर्षीय कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने उद्देश्यले शनिबार भएको निर्वाचनबाट अध्यक्ष पदमा पुष्कबहादुर थापा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी युवराज ओलीलाई ५ भोट अन्तरले हराउँदै थापा विजयी भएका हुन् । थापाले २५ र ओलीले २० भोट प्राप्त गरेका थिए । 
यस्तै उपाध्यक्षमा मोहनप्रसाद भट्टराई विजयी भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी मनप्रसाद भट्टराई र उनले समान २२ मत ल्याएकोमा मनप्रसादले मोहनप्रसादलाई छोडिदिएका थिए । यस्तै सचिवमा मिनप्रसाद श्रेष्ठलाई हराउँदै कृष्णप्रसाद भण्डारी विजयी भए । 
भण्डारीले २६ र श्रेष्ठले १८ मत प्राप्त गरेका थिए भने सह–शुभलक्ष्मी श्रेष्ठ निर्विरोध चयन भइन् । कोषाध्यक्षमा अरुणकुमार खतिवडा निर्वाचित भएका छन् । उनले कोषाध्यक्षका प्रत्यासी सञ्जिव पराजुलीलाई पराजित गरेका हुन् । खतिवडाले २७ मत प्राप्त गर्दा पराजुलीले १८ मत प्राप्त गरे । 
यस्तै कार्यसमिति सदस्यमा दीपेन्द्र बानियाँ (३१), कृष्णप्रसाद अर्याल (३०) बच्चुराम थापा (२७) रमेश गिरी (२६) सम्पथ काफ्ले (२५), रामकृष्ण देउला र नागेश्वरप्रसाद फुयाँल (२२) विजयी भए ।  केन्द्रीय पार्षद्मा केशवप्रसाद गौतम (२९ मत) र केशव काफ्ले (२८ मत) चयन विजयी भएका छन् । प्रजातान्त्रिक कानुनी व्यवसायी संघ (डिएलए) र गणतान्त्रिक कानुन व्यवसायी संगठन (आरपीएलए) को संयुक्त प्यानलले प्रगतिशिल कानुन व्यवसायी संगठन (पिपीएलए) को प्यानलसंग प्रतिस्पर्धा गरेको थियो । ४८ जना मतदाता सङ्ख्या रहेकोमा ३ जनाले मतदान प्रक्रियामा सहभागिता जनाएका थिएनन् । 
Powered by Blogger.