Header Ads


विद्यार्थी नेता शाहीलाई धरौटीमा छाडियो

हेटौंडा, १४ भदौ/मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यलाई कालोमोसो लगाएको आरोपमा पक्राउ परेका विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका जिल्ला सचिव प्रेम शाही मंगलबार रिहा भएका छन् । 
गत साउन ३१ गते आचार्यलाई कालोमसो लगाएको आरोपमा शाहीलाई प्रहरीले पक्राउ गरेको थियो ।शाहीलाई जिल्ला प्रशासन कार्यालयले १२ हजार धरौटीमा रिहा गरेको क्रान्तिकारीले जनाएको छ । 
शाहीको निशर्त रिहाइको माग गर्दै क्रान्तिकारीले आन्दोलनको घोषणा गरेको भोलिपल्ट प्रशासनले शाहीलाई 
रिहाई गरेको हो । पक्राउ गरेका विद्यार्थी नेतालाई नछाडिए भदौ १६ र १७ गते जिल्लाका सम्पूर्ण शैक्षिक सस्था हड्ताल गर्ने सोमबार क्रान्तिकारीले चेतावनी दिएको थियो । 
Powered by Blogger.