Header Ads


जडिबुटी दिवसमा अन्तरक्रिया

 हेटौँडा, २० साउन÷आयुर्वेद शिरोमणी बालकृष्णजीको ४५ औँ जन्मोत्सव एवम् जडिबुटी दिवसको अवसर पारेर पतंञ्जली योग जिल्ला समिति मकवानपुरले विहीबार हेटौँडामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
समितिका अध्यक्ष रामकृष्ण थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । जडिबुटीमा कलियुगको धनवनतरी भनेर बालकृष्णजीलाई चिनिने भएकोले उनको जन्मोत्सवको अवसर पारेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष थापाले जानकारी दिए । कार्यक्रममा जिल्ला वनस्पति कार्यालयका वनस्पति विज्ञ नरहरी चापागाई, नारायणी अञ्चल आयुर्वेद कार्यालयका वैकुण्ठ आचार्य, ओम मनोक्रान्तिका ध्रुवप्रसाद विडारी, जडिबुटीविज्ञ तथा पतञ्जली मकवानपुरका पूर्व अध्यक्ष विष्णु श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका वक्ताहरुले पछिल्लो समय जडिबुटीको महत्वलाई नबुझेर अन्य औषधिमा विश्वास गर्ने परम्पराको विकास हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । नेपालमा विभिन्न प्रकारका जडिबुटी रहेको र त्यसलाई पछिल्लो पुस्ताले चिन्न नसकेको भन्दै कार्यक्रमका वक्ताहरुले यस बिषयमा सरोकारवालाले ध्यान दिनु आवश्यक रहेकोमा जोड दिएका थिए ।
Powered by Blogger.