Header Ads


अडिटर एसोसिएसनको कार्यालय उद्घाटन

हेटौँडा, २० साउन/ हेटौंडा–२ मानसपथमा नेपाल अडिटर एसोसिएसन मकवानपुरको कार्यालय स्थापना गरिएको छ । 
एसोसिएसनका केन्द्रीय सचिव राजेन्द्र ढुङ्गानाले एसोसिएसनको ११ औं स्थापना दिवसको अवसर पारेर बिहीबार एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेका हुन् । एसोसिएसनका जिल्ला अध्यक्ष प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष रामकुमार बर्तौला, जिल्ला उपाध्यक्ष पूर्णराज श्रेष्ठलगायतले कार्यालय पश्चात एसोसिएसनको काम कारबाहीमा थप सहजता आउने विश्वास व्यक्त गरे । यसैबीच एसोसिएसनका सदस्य तथा मकवानपुर बहुमुखी क्याम्पसका लेखापरीक्षक नीरञ्जन पराजुली अल्पाईन विकास बैंकको संचालकमा चयन भएको भन्दै एसोसिएसनले स्वागत तथा सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा आगामी शनिबार संशोधित ऐन नियम तथा लेखापरीक्षणका लागि सरकारले ल्याएको नयाँ व्यवस्थाका बारेमा जिल्ला भरिका लेखापरीक्षकहरुका लागि एक दिने अन्तरक्रिया गरिने एसोसिएसनका जिल्ला अध्यक्ष ढकालले जानकारी दिए ।
Powered by Blogger.