Header Ads


प्रहरीबाट छुटाइदिन्छु भन्दै पैसा लिने २ जना पक्राउ

हेटौँडा, २० साउन/सार्वजानिक अपराध मुद्दामा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान भैरहेका केही व्यक्तीको मुद्दा मिलाइदिन्छु भन्दै उनीहरुसंग पैसा असुल्ने २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । 
मकवानपुर प्रहरीले अनुसन्धान गरिरहेको टुनटुनप्रसाद कुर्मी र धनन्जयकुमार पासवानका आफन्तहरुसंग मुद्दा मिलाई प्रहरी हिरासतबाट छुटाई दिन्छु भन्दै साउन १७ गते ५ हजार रुपैँया भारतीय रकम लिएका मकवानपुर जिल्ला हाँडीखोला–२ मकरी घर भई हाल हेटौँडा–३ मा होटल संचालन गरी बस्दै आएका ५६ बर्षका नारायणप्रसाद पाण्डे र उनका छोरा २४ बर्षका सन्तोष पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । 
बुधबार पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइरहेको मकवानपुर प्रहरी प्रमुख एसपी मीरा चौधरीले 
जानकारी दिइन् ।
Powered by Blogger.