Header Ads


दूधको परिमाण विक्रिमा नारायणी पहिलो

हेटौँडा, २३ साउन/ आर्थिक वर्ष ०७२÷०७३ मा जिल्ला दुग्ध उत्पादक सहकारी संघका आवद्ध रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्थाले बढी परिमाणमा दूध विक्रि गर्न सफल भएको छ । 
संस्थाले एक वर्षको अवधिमा ५ लाख ४९ हजार लिटर दूध विक्रि वितरण गरेर जिल्ला प्रथम हुन सफल भएको संघले जनाएको छ। संस्थाले ४८ दशमलव १२ रुपियाँ औषत प्रति लिटरका दरले २ करोड ३७ लाख ४८ हजार ८ सय ४७ रुपियाँ कारोवार गरेको छ । 
त्यसैगरी चेतनशील दुग्ध उत्पादक सहकारी संस्थाले ५ लाख ४४ हजार ८ सय ८८ लिटर दूध विक्रि गरी द्वितिय र मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले ४ लाख ८८ हजार २ सय ६ लिटर दूध विक्रि गरी तृतीय भएको संघका व्यवस्थापक कुमारमणी दाहालले जानकारी दिए । 
दाहालको अनुसार भालुखोला चिस्यान केन्द्र चौथो, हटियामा रहेको किसान चिस्यान केन्द्र पाँचौ, सामरी चिस्यान छैठौ, हात्तिगौडा चिस्यान सातौँ, मिलन चिस्यान आठौँ, वनदेवि संस्था नवौँ र जनजागृति नगर संस्था दशैँ भएका  छन् ।  गत आर्थिक वर्ष ०७१÷०७२ मा बढी परिमाण दूध विक्रि गर्ने संस्थाहरुमा चेतनशील दूग्ध उत्पादक सहकारी संस्था, मनकामना दुग्ध उत्पादक सहकारी संस्था र नारायणी दुग्ध उत्पादक सहकारी संस्था क्रमश प्रथम, द्वितिय र तृतीय भएका थिए । 
गत आर्थिक वर्षमा ६३ लाख ४ हजार ९ सय ४२ प्रति लिटर दूध विक्रि गरी ३० करोड २३ लाख २१ हजार ८ सय ३३ रुपियाँ शहरको पूँजी गाउँतिर आकर्षित भएको बताउँदै दाहालले भने– ‘आर्थिक वर्ष ०७२÷०७३ मा भारतले गरेको अघोषित नाकाबन्दीले ३९ दिन दूधको कारोबार बन्द हुदाँ पनि लक्ष्यअनुरुपको कारोवार गर्न संघ सफल भएको छ ।’ यस आर्थिक वर्षमा संघले ६२ लाख ८८ हजार ६ सय ४७ रुपियाँ लिटर दूध विक्रि वितरण गरेर ३० करोड ७६ लाख २७ हजार ९ सय ९५ रुपियाँ कारोबार गरेको दाहालले जानकारी दिए  । 
५४ वटा दूग्ध उत्पादक सहकारी संस्था आवद्ध रहेको संघमा हाल भौगोलिक विविधताले गर्दा ६ वटा चिस्यान केन्द्र सञ्चालनमा नरहेको उनको भनाइ रहेको छ । संघले ५० करोड ९० लाख ७९ हजार ३ सय ७८ रुपियाँ आर्थिक कारोवार गरेको छ । गत वर्ष संघले २ लाख ३१ हजार ६ सय ५१ रुपियाँ नाफा आर्जन गरेको थियो ।  
Powered by Blogger.