Header Ads


तास खेल्ने ८ जना पक्राउ

हेटौँडा, २४ साउन/हेटौँडा–१० मा लुकेर तास खेलिरहेको अवस्थामा मकवानपुर प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । 
सोमबार दिउँसो करिब साँढे ३ बजेको समयमा वडा प्रहरी कार्यालय हेटौँडाको टोलिले हेटौँडा–१० स्थित एक घरमा खाल थापी पैसाको हारजित हुने गरी बाजी राखेर तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ५३ हजार ८ सय २५ रुपैँया नेपाली र ५ सय रुपैँया भारतीय नोटसहित तास १४ बुक, एकसय लेखिएको क्वाईन १८ थान, ५० लेखिएको क्वाईन ६ थान, २० लेखिएको क्वाईन ३० थान र १० लेखिएको क्वाईन २९ थान फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
Powered by Blogger.