मकवानपुर प्रहरीमा पुरस्कार भन्दा कारबाही बढी
हेटौँडा, २४ साउन/मकवानपुर प्रहरीले आर्थिक बर्ष २०७२÷०७३ मा १५ जना प्रहरीलाई पुरस्कृत गरेको छ भने ३७ जनालाई कारबाही गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पुरस्कृत हुने भन्दा कारबाहीमा पर्नेको सङ्ख्या बढी रहेको छ । पुरस्कार पाउनेमा एकजना प्रहरी निरीक्षक, एकजना नायब निरीक्षक, ४ जना प्रहरी सहायक निरीक्षक, ३ जना प्रहरी हवल्दार र ६ जना प्रहरी जवान रहेका छन् ।
यस्तै जयायँ पाउनेमा २ जना प्रहरी निरीक्षक, ५ जना प्रहरी सहायक निरीक्षक, ७ जना प्रहरी हवल्दार, २२ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी
उपरीक्षक मीरा चौधरीले जानकारी दिइन् ।
कारबाहीमा परेका मध्ये बिदा गएर तोकिएको समयमा हाजिर हुन नआउने, आर्थिक अनियमितता गर्ने र ड्युटी राम्रोसंग नगर्नेहरु बढी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । कारबाहीमा परेका मध्ये २ जनाको जागिर नै गएको छ । भीमफेदी कारागारबाट अदालत ल्याउँदै गर्दा कैदी भागेको कारण दुईजना प्रहरीको जागिर गएको उनले जानकारी दिए ।