‘मैले चाहेर रुट परमिट दिन मिल्दैन’
हेटौँडा, ५ भदौ/सरकारले रुट परमिट नभएको र सवारी सञ्चालन गर्न अनुमति नभएको सडकमा सञ्चालन गरिएका यात्रुबहाक सवारीमा रोक लगाएपछि मकवानपुरका सर्वसाधारण पनि मारमा परेका छन् ।
दिनहुँजसो विभिन्न सरोकारवाला निकायले यहाँका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल यात्रुबाहक सवारी सञ्चालनको व्यवस्था मिलाउन माग गरिरहेका छन् । यस बिषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले अञ्चल यातायात व्यवस्थापन कार्यालय भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला यातायात व्यवास्थापन समितिले मात्र निर्णय गरेर अस्थायी रुट परमिट जारी गर्न सक्ने जानकारी दिएका छन् ।
‘यहाँ प्रत्येक जिल्लाका सिडिओले अस्थायी रुट परमिट जारी गर्न सक्छन् भन्ने गलत बुझाई भएको छ’, उनले भने, ‘नेपाल सरकारले अनुमति प्राप्त नभएका सडकहरुमा रोक लगाउने र रुट परमिट नभएका सवारी सञ्चालनमा रोक लगाउने भनेकोले हामीले मकवानपुरमा सोही निर्देशन पालना मात्र गरेका हौँ ।’ मकवानपुरमा हेटौँडा–फापरबारी सडकखण्ड, पालुङ–पकनी, कुलेखानी–चित्लाङ, विसङ्खेल–बज्रबाराही हुँदै कुन्छाल सडक खण्ड, हेटौँडा–ठिङ्गन र चुनियाँ–नामटार हुँदै भाल्टारसम्मको सडकमा सवारी सञ्चालनको निम्ति उपयुक्त भएको प्राविधिक समितिबाट प्रतिवेदन आएको र सो प्रतिवेदन सवारी सञ्चालन गर्न अनुमति माग गर्दै अञ्चल यातायात व्यवस्थापन कार्यालयमा पठाइसकेको उनले जानकारी दिए ।
‘प्राविधिक समितिले जिल्लाका ६ वटा रुटहरुमा सवारी सञ्चालन सम्भव छ भनेको थियो । जेठ ५ गतेको जिल्ला यातायात व्यवास्थापन समितिको बैठकले यसलाई पास पनि गरिसकेको छ । हामीले अनुमतिको लागि अञ्चल यातायात व्यवस्थापन कार्यालयमा पठाइसकेका छौँ’, प्रजिअ विश्वकर्माले भने, ‘आज (आइतबार) बीरगञ्जमा यस बिषयमा बैठक बसिरहेको भन्ने जानकारीमा आएको छ ।
सम्भवत ः यी ६ वटा रुटमा यातायात सञ्चालनको स्वीकृतिको लागि निर्णय हुनसक्छ ।’ अञ्चल यातायात व्यवस्थापन समितिले निर्णय गरी यातायात व्यवस्था कार्यालयबाट रुट परमिट जारी गर्ने सिष्टम भएको र बीरगञ्जमा व्यवस्थापन समितिको बैठक नबसेकोले रुट परमिट दिनमा ढिलाई भएको उनको भनाई छ । यस्तै बाँकी १७ वटा छोटा रुटहरु छुटेको छ भन्ने जानकारी प्राप्त भएको बताउँदै उनले ति रुटको सम्भाव्यता अध्ययनको लागि प्राविधिकलाई निर्देशन दिइसकेको जानकारी दिए ।
‘मकवानपुरमा रुट परमिट नभएका र सवारी सञ्चालनको लागि स्वीकृति नै नदिइएको रुटमा सवारी सञ्चालनमा आएको देखियो । यस्ता क्षेत्रमा यात्रुबहाक सवारी सञ्चालनमा कडाईका साथ रोक लगाउनु भन्ने सरकार कै नीति बमोजिम हामीले काम गरेका हौँ’, प्रजिअ विश्वकर्माले थपे, ‘यसले केही असुविधा उत्पन्न भएकै छ । यो समस्या छिट्टै समाधान हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’
नेपाल सरकारले रुट परमिट (बाटो इजाजतपत्र) नभएको सवारी सञ्चालनमा रोक लगाएसँगै मकवानपुरको विकट गाउँका जनताले सास्ती खेप्नुपरेको भन्दै युवा संघले तत्काल यात्रुबाहक सवारी सञ्चालन गर्ने वातावरण तयार पार्न अनुरोध गरेको हो । आइतबार युवा संघ जिल्ला अध्यक्ष सन्तोष चौलागाईंको नेतृत्वमा प्रशासन पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी अधिकारी डा. मानबहादुर विश्वकर्मालाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् । युवा संघ अध्यक्ष चौलागाईंले सरकारको निर्देश अनुसार रुट परमिटका लागि स्थानीयस्तरबाट गर्नुपर्ने कार्य तत्काल गरी सवारी सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरेका छन् ।
उनले मकवानपुरको उत्तरी र पूर्वीक्षेत्रको जनजीवन यात्रुबाहक सवारी सञ्चालन नहुँदा अस्तव्यस्त भएको भन्दै प्रजिअको ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ विश्वकर्माले सरकारको निर्देशानुसारको काम भइरहेको भन्दै केही दिनभित्रमा केही स्थानीय रुटहरमा सवारी सञ्चालन हुने बताए । उनले तरकारी ढुवानी र
बिरामीको उपचारका लागि सञ्चालन भएको सवारीमा कुनै रोकतोक नभएको जानकारी दिए ।
दिनहुँजसो विभिन्न सरोकारवाला निकायले यहाँका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल यात्रुबाहक सवारी सञ्चालनको व्यवस्था मिलाउन माग गरिरहेका छन् । यस बिषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले अञ्चल यातायात व्यवस्थापन कार्यालय भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला यातायात व्यवास्थापन समितिले मात्र निर्णय गरेर अस्थायी रुट परमिट जारी गर्न सक्ने जानकारी दिएका छन् ।
‘यहाँ प्रत्येक जिल्लाका सिडिओले अस्थायी रुट परमिट जारी गर्न सक्छन् भन्ने गलत बुझाई भएको छ’, उनले भने, ‘नेपाल सरकारले अनुमति प्राप्त नभएका सडकहरुमा रोक लगाउने र रुट परमिट नभएका सवारी सञ्चालनमा रोक लगाउने भनेकोले हामीले मकवानपुरमा सोही निर्देशन पालना मात्र गरेका हौँ ।’ मकवानपुरमा हेटौँडा–फापरबारी सडकखण्ड, पालुङ–पकनी, कुलेखानी–चित्लाङ, विसङ्खेल–बज्रबाराही हुँदै कुन्छाल सडक खण्ड, हेटौँडा–ठिङ्गन र चुनियाँ–नामटार हुँदै भाल्टारसम्मको सडकमा सवारी सञ्चालनको निम्ति उपयुक्त भएको प्राविधिक समितिबाट प्रतिवेदन आएको र सो प्रतिवेदन सवारी सञ्चालन गर्न अनुमति माग गर्दै अञ्चल यातायात व्यवस्थापन कार्यालयमा पठाइसकेको उनले जानकारी दिए ।
‘प्राविधिक समितिले जिल्लाका ६ वटा रुटहरुमा सवारी सञ्चालन सम्भव छ भनेको थियो । जेठ ५ गतेको जिल्ला यातायात व्यवास्थापन समितिको बैठकले यसलाई पास पनि गरिसकेको छ । हामीले अनुमतिको लागि अञ्चल यातायात व्यवस्थापन कार्यालयमा पठाइसकेका छौँ’, प्रजिअ विश्वकर्माले भने, ‘आज (आइतबार) बीरगञ्जमा यस बिषयमा बैठक बसिरहेको भन्ने जानकारीमा आएको छ ।
सम्भवत ः यी ६ वटा रुटमा यातायात सञ्चालनको स्वीकृतिको लागि निर्णय हुनसक्छ ।’ अञ्चल यातायात व्यवस्थापन समितिले निर्णय गरी यातायात व्यवस्था कार्यालयबाट रुट परमिट जारी गर्ने सिष्टम भएको र बीरगञ्जमा व्यवस्थापन समितिको बैठक नबसेकोले रुट परमिट दिनमा ढिलाई भएको उनको भनाई छ । यस्तै बाँकी १७ वटा छोटा रुटहरु छुटेको छ भन्ने जानकारी प्राप्त भएको बताउँदै उनले ति रुटको सम्भाव्यता अध्ययनको लागि प्राविधिकलाई निर्देशन दिइसकेको जानकारी दिए ।
‘मकवानपुरमा रुट परमिट नभएका र सवारी सञ्चालनको लागि स्वीकृति नै नदिइएको रुटमा सवारी सञ्चालनमा आएको देखियो । यस्ता क्षेत्रमा यात्रुबहाक सवारी सञ्चालनमा कडाईका साथ रोक लगाउनु भन्ने सरकार कै नीति बमोजिम हामीले काम गरेका हौँ’, प्रजिअ विश्वकर्माले थपे, ‘यसले केही असुविधा उत्पन्न भएकै छ । यो समस्या छिट्टै समाधान हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’
युवा संघद्वारा यात्रुबाहक सवारी सञ्चालन माग
हेटौँडा/नेकपा एमालेको युवा दस्ता युवा संघ नेपाल मकवानपुरले तत्काल यात्रुबाहक सवारी सञ्चालनको माग गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।नेपाल सरकारले रुट परमिट (बाटो इजाजतपत्र) नभएको सवारी सञ्चालनमा रोक लगाएसँगै मकवानपुरको विकट गाउँका जनताले सास्ती खेप्नुपरेको भन्दै युवा संघले तत्काल यात्रुबाहक सवारी सञ्चालन गर्ने वातावरण तयार पार्न अनुरोध गरेको हो । आइतबार युवा संघ जिल्ला अध्यक्ष सन्तोष चौलागाईंको नेतृत्वमा प्रशासन पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी अधिकारी डा. मानबहादुर विश्वकर्मालाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् । युवा संघ अध्यक्ष चौलागाईंले सरकारको निर्देश अनुसार रुट परमिटका लागि स्थानीयस्तरबाट गर्नुपर्ने कार्य तत्काल गरी सवारी सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरेका छन् ।