‘नेपाल भारतको सम्बन्ध विकासमा गम्भिर छौ“’
हेटौँडा, ७ भदौ/नेपालका लागि भारतीय राजदुत रञ्जि रे ले आफूहरु नेपाल भारतको सम्बन्ध विकासमा जोड दिएको बताएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा मङ्गलबार आयोजना गरेको स्वागत कार्यक्रममा उनले छिमेकी मुलुकको नाताले नेपालको विकासको निम्ति समेत प्रतिबद्ध रहेको बताए । राजदुत रे ले नेपाल र भारतबीचको सम्बन्ध माथिल्लो निकायमा मात्र नभई जनस्तरसम्म रहेको दावी गर्दै यो सम्बन्धलाई मजबुत गराईराख्नु अहिलेको चुनौति भएको बताए । मकवानपुरको चेपाङ समुदायको बाहुल्यता रहेको पश्चिमी क्षेत्रको जनताको समस्याका बिषयमा जानकारी गराउने उद्देश्यले मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा रे ले यहाँको शिक्षा, स्वास्थ्यका समस्यालाई उच्च प्राथमिकतामा राखेर सहयोग गर्न तयार रहेको जानकारी दिए ।
‘यहाँ के कस्ता समस्या रहेका छन् ? त्यसको बिषयमा प्रपोजल बनाएर पेश गर्नूस्’, उनले भने, ‘हामी आवश्यक सहयोग गर्न तयार छौँ ।’ मनहरी क्षेत्रमा ३ शैय्याको प्राथमिक स्वास्थ्य केन्द्र रहेको बुझेपछि उनले अस्पतालको लागि भवन बनाउन तयार रहेको बताए । यस्तै मकवानपुरका चेपाङ बाल बालिकालाई छात्रबृत्ति सहयोग गर्ने उनको भनाई रहेको थियो । यस्तै भारतीय महावाणिज्य दुत रञ्जु रञ्जनले यहाँ मकवानपुरका पछाडी परेका जनताको उत्थानको निम्ति के–के सहयोग गर्नु आवश्यक छ बुझ्नको निम्ति आएको बताउँदै सोही अनुरुपको सहयोग गरिने बताइन् । ‘आगामी २७ जनवरीमा एउटा एम्बुलेन्स सहयोग गर्नेछौँ’, उनले भनिन्, ‘त्यसपश्चात अन्य आवश्यक सहयोगले निरन्तरता पाउने छ ।’ उद्योग वाणिज्य संघ संग मिलेर चेपाङ समुदायको उत्थानको निम्ति काम गर्न तयार रहेको रञ्जनको भनाई छ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, प्राथमिक स्वास्थ्य केन्द्र मनहरीका प्रमुख विपिन खनाल, नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङ, पत्रकार प्रताप बिष्ट, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समिति अध्यक्ष गोविन्द रिजाललगायतले यहाँका चेपाङ समुदाय र मनहरीलगायत आसपासका क्षेत्रमा सर्वसाधारणले खेप्नुपरेको समस्याको बिषयमा जानकारी गराउँदै सहयोगको निम्ति रे संग अनुरोध गरेका
थिए ।
थिए ।
रे ले रमौली र प्रतापपुरको सर्वसाधारणसंग भेटघाट समेत गरेका थिए भने ६० परिवार चेपाङलाई कम्बल
वितरण गरेका थिए । मउवा संघ अध्यक्ष न्यौपानेले दुई देश बीचको सम्बन्ध विकासको निम्ति राजदुत रे लाई
मनहरीमा स्वागत गरिएको बताए । भारत र नेपाल एक असल छिमेकी भएकोले एउटा छिमेकीले अर्को छिमेकीको समग्र विकासमा हातेमालो गर्नुपर्ने भन्दै उनले यहाँका उद्योगी व्यवसायी पनि भारतसंग सहकार्यमा काम गर्न चाहेको बताए ।

