हाँडीखोलाका ढकाल यूकेमा सम्मानित
हेटौँडा, ५ भदौँ/गैरआवासीय नेपाली संघको अभियानमा लामो समय देखी क्रियाशिल एनआरएन अभियान्ताका रुपमा दुईजना सम्मानित भएका
छन् ।
छन् ।
गैरआवासीय नेपाली संघलाई बिशिष्ट योगदान पु¥याएको भन्दै एनआरएन संस्थापक सचिव चिरन्जिवी ढकाल, एनआरएन यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ र बेल्जियका रबिन्द्रमान श्रेष्ठ सम्मानित भएका हुन् । उनीहरुलाई शनिबार एनआरएन यूरोप सम्मेलनमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र यूरोप संयोजक कुल आचार्यले सम्मानपत्र प्रदान गरेका हुन् । सम्मानित हुने ढकाल गैरआवासीय नेपाली संघका संस्थापक मध्येका एक हुन् । उनी गैरआवासीय नेपाली संघ युरोपको पहिलो संयोजक हुन् । ढकालकै कार्यकालदेखि गैरआवासीय नेपाली संघ यूरोप बैठक बस्दै आएको छ । मकवानपुरमा पनि घर भएका उनी विगत ३० बर्ष देखि बेलायतको बिभिन्न संघसस्था मार्फत सामाजिक क्षेत्रमा सकृय छन् । ढकालकै सकृयतमा सन् २००५ मा गैरआवासीय नेपाली संघ बेलायतको स्थापना भएको
हो । यती नेपाली एसोसियसन यूकेको दुई कार्यकाल अध्यक्ष भएर काम गरिसकेका ढकालको नेतृत्वमा मकवानपुरमा पनि विभिन्न कार्यहरु भएका छन् । पछिल्लो समय उनकै नेतृत्वमा मकवानपुरको हाँडीखोला स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।
हो । यती नेपाली एसोसियसन यूकेको दुई कार्यकाल अध्यक्ष भएर काम गरिसकेका ढकालको नेतृत्वमा मकवानपुरमा पनि विभिन्न कार्यहरु भएका छन् । पछिल्लो समय उनकै नेतृत्वमा मकवानपुरको हाँडीखोला स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।
उनले हाँडीखोलाका युवाहरुले सञ्चालन गरेको आफ्नो गाउँ आफैँ बनाऔँ अभियानलाई समेत व्यक्तिगत सहयोग गर्नुका साथै अन्य सहयोगहरु समेत जुटाइदिएका छन् । सम्मानित भएपछि प्रदेश दैनिकसंग कुराकानी गर्दै सम्मानले निरन्तर सामाजिक कार्यमा लाग्न हौसला मिलेको प्रतिक्रिया दिए ।

