Header Ads


खड्कालाई नुवाकोटमा सम्मान

हेटौँडा, ५ भदौँ/ मकवानपुरमा रहेर विगत एक दशक भन्दा लामो समयदेखि पत्रकारितामा कृयाशिल सुनिल खड्का नुवाकोटमा सम्मानित भएका छन् ।
रेडियो निकासका स्टेशन मेनेजर एवम् प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य सुनिल खड्कालाई प्रेस सेन्टर नेपाल नुवाकोट शाखाले आफ्नो एकता सम्मेलनको अवसरमा सम्मान गरेको हो ।
पत्रकारिता मार्फत समाजको विकासमा योगदान पु¥याएको भन्दै उनलाई नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री राम कार्कीले सम्मानपत्र प्रदान गरेका हुन् । प्रेस सेन्टर नेपाल ३ नम्बर प्रदेशका पूर्व संयोजक समेत रहेका खड्काले पत्रकारिता मार्फत समाज परिवर्तनमा महत्वपुर्ण भूमिका खेलेको र संगठन सुदृढीकरण गर्न निरन्तर लागि परेको भन्दै सम्मान गरिएको पे्रस सेन्टर नुवाकोट अध्यक्ष रामहरी गजुरेलले बताए । सम्मानले पत्रकारितामा निरन्तर लागिपर्न थप हौसला मिलेको खड्काको भनाई छ ।
Powered by Blogger.