तास खेल्ने ७ जना पक्राउ
हेटौँडा, ५ भदौ/वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले जुवातास खेल्ने ७ जनालाई पक्राउ गरेको छ ।
शनिबार दिउँसो हेटौँडा–१० मा खाल थापेर पैसाको हारजित हुने गरी बाजी राख्दै तास खेलिरहेका ७ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद १० हजार १५ रुपैँया तथा ३ बुक तास फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ परेका ७ जना कहाँका को हुन ? भन्ने बिषयमा भने प्रहरीले कुनै जानकारी दिएको छैन । ७ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
