Header Ads


पौडी खेल्न गएका बालक मृत फेला

हेटौंडा, १४ भदौ/हेटौंडाको राप्तीखोलामा एक बालक मृत अवस्थामा फेला परेका छन् । 
सोमबारदेखि बेपत्ता रहेका हेटौंडा –१ चौकीटोल बस्ने १३ बर्षका विजय बर्तौला खोलाले बगाएर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
 हेटौँडाको भूटनदेवी उच्च माविमा कक्षा ८ मा अध्ययनरत बालक विद्यालयबाट फर्केलगत्तै पौडी खेल्न गएको उनको अभिभावकको भनाइ छ । पौडी खेल्दा बेपत्ता भएका उनी मंगलबार बिहान पौने ६ बजे  खोला छेउमा मृत अवस्थामा फेला परेका हुन् । बर्तौलाको पोष्टमार्टमपछि उनको परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए ।
Powered by Blogger.