अनेम संघ र महिला उद्यमीको तीज विशेष कार्यक्रम
हेटौँडा, ८ भदौ/नेकपा एमाले निकटको अखिल नेपाल महिला संघ हेटौँडा–११ नम्बर वडा कमिटीको आयोजनामा बुधबार तीज विशेष कार्यक्रम भएको
छ ।
छ ।
महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा दिदीबहिनीहरु बीच माया तथा शुभकामना आदानप्रदान गर्नको निम्ति तीज विशेष कार्यक्रम गरिएको बताइएको छ । अखिल नेपाल महिला संघ केन्द्रीय सचिव विष्णु ओझाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव एकलाल श्रेष्ठ, अखिल नेपाल महिला संघ नगर अध्यक्ष सुमित्रा काफ्ले, एमाले जिल्ला सदस्य नविन सिग्देल, नगर ईन्चार्ज फुर्वा दोर्जे लामालगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम अखिल नेपाल महिला संघ ११ नम्बर वडा अध्यक्ष आशा अर्यालकोे अध्याक्षतामा भएको हो ।
यस्तै हरितालिका तीजको पूर्वसन्ध्यामा मकवानपुर महिला उद्यमी व्यवसायी संघले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । बुधबार हेटौँडामा तीज बिशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि महिला तथा बालबालिका कार्यलय मकवानपुर प्रमुख शोभा साहले महिलाहरु घरायसी काममा अल्झेर मात्र बस्न नहुने बताउँदै आर्थिक सशक्तिकरणको पाटोमा लाग्नुपर्ने बताइन् । उद्योग संघ हेटौंडाका अध्यक्ष नवराज अर्यालले महिलाहरु साना उद्यमीको रुपमा मात्र खुम्चेन नबस्न अनुरोध गर्दै समूहमा मिलेर काम सुझाव दिए ।
कार्यक्रम संयोजक ईन्दिरा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष सुशीला पाण्डे मानन्धर, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, संघका केन्द्रीय सदस्य शर्मीला डङ्गोल, घरेलु तथा साना व्यवसायी महासंघ उपाध्यक्ष सुबर्णलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका कार्यालयका अधिकृत गंगा चौलागार्इंलगायतले मन्तव्य व्यक्त गर्दै तीजलाई सभ्य तवरबाट मनाउन अनुरोध गरेका थिए ।

