Header Ads


श्रीकृष्ण जगतका गुरु

सुजन ढकाल
हाम्रो वैदिक सनातन हिन्दू धर्ममा भगवान श्रीकृष्ण साक्षत परब्रम्ह परमात्मा परमेश्वर हुनुहुन्छ। शास्वत महापुरुष पनि हुनुहुन्छ। मानवीय दृष्टिकोणले हेर्दा एक ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ। श्रीकृष्ण जस्तो परमात्माको जन्म अथवा अवतार एउटा ज्यादै पेचीलो कालखण्डमा भएको थियो। 
श्रीकृष्ण भगवानको जन्म बासुदेव र देवकीको गर्भवाद कंसको जेलमा भएको हो कृष्णको जीवन वाल्यकालदेखि नै सङ्र्घर्षमय भएको थियो। उहाँ जन्मनेवित्तिकै भूमिगत हुन बाध्य हुनुपरेको थियो। जुन परिवारमा कृष्ण पैदा हुनुभएको थियो त्यस परिवारलाई यदुवंश भनिन्छ। उहाँको शैशवकालदेखि नै अनेकौं सङ्घातिक आक्रमणको सामान गरिरहन परिरहेको थियो। श्रीमद्भागवत महापुरायणको नवमस्कन्धको २४ औं अध्यायमा यदुवंशी राजाहरूको लामो नामावली उल्लेख भएको छ। यी सबै 
राजाहरू पराक्रमी नै मानिन्थे। यसै वंशमा श्रीकृष्णको जन्म (अवतार) भएको हो। श्रीकृष्ण स्वयं इश्वरकै अवतार भएकोले सम्पूर्ण विषयको ज्ञान थियो। श्रीकृष्ण कथाको अर्थ हो श्रीकृष्णकै 
बारेमा गरिएको वर्ण यी वर्ण दुई प्रकार छन्। स्वयं श्रीकृष्णद्वारा नै गरिएका लोक शिक्षाको दर्शनशास्त्र वा भागवत विज्ञान हो श्रीमद्भागवत गीता र श्रीकृष्णको बारेमा अरुद्वारा गरिएका श्रीमद्भागवत स्वयं श्रीकृष्णका दिव्य लीला र क्रियाकलापका सम्बन्धमा अरुहरूले गरिएका वर्णको महान आध्यात्मिक ग्रन्थ हो। श्रीमद्भागवत महापुराण श्रीमद्भागवतमा उल्लेख भएका लीलाहरूमध्ये महारास (रासलीला) ज्यादै चर्चित मानिएको छ। चर्चित रासलीलालको सम्बन्धमा श्रीकृष्णले आलोचना खप्नु पनि परेको थियो। यो आलोचना अज्ञानी नास्तिकहरूको थियो। इश्वरका अवतारमध्येमा श्रीकृष्णको अवतार ज्यादै महत्वको मानिएको छ। उहाँका लीला, क्रियाकलाप, दिव्य उपदेश सबै लोक शिक्षाका लागि भएका हुँदा उहाँलाई ‘जगत गुरु भनिएको छ’। भनिन्छ ‘कृष्णवन्दे जगत गुरु’ यति मात्र होइन।
बासुदेव परावेदा बासुदेव परामखा।
बासुदेव परायोग बासुदव पराक्रिया।।
बासुदेव परमज्ञानं बासुदेव परन्तप।
बासुदेव परो धमो बासुदेव परागती।।
उहाँको वाल्यकाल गाई चराउने गोठालाहरूसँग गाई वाच्छा चराउंदैमा वितेको थियो। श्रीकृष्णको अवतार मुख्यता साधुसन्तहरूको संरक्षण, दुष्टहरूको विनास र धर्मको स्थापना र सम्वद्र्धन गर्नु नै थियो। यसको अलावा मानवीय हिसावले आÇना आफन्त पाण्डवहरूले व्यहोर्नु परेको अन्यायप्रति पनि केही सहयोग गर्नु उहाँको कर्तव्य थियो। यसैले कौरवहरूबाट अन्यायपूर्वक अपरहण गरिएका पाण्डवहरूको अंश (धनसम्पत्ति) फिर्ता गरिदेऊ युद्ध गर्न राम्रो हुँदैन भन्न शान्ति दुत भएर कौरवकहाँ जानुभयो र मेलमिलापको प्रस्ताव राख्नुभयो। श्रीकृष्णको भनाइ सुनिएन। भगवान श्रीकृष्णको प्रस्तावलाई कौरव पक्षले ठाडै अस्वीकार ग¥यो। अब युद्ध हुने निश्चित भयो। कुरुक्षेत्र युद्धभूमि घोषित गरिन्छ। तुरुन्तै युद्धका नीति नियम तयार हुन्छन्। नीति नियममा कौरव र पाण्डव दुवै भीष्मपितामहलाई सेनापतिमा अभिषेक गर्दछन्। भगवान श्रीकृष्ण र नरनारायण अर्जुनको बीचमा प्रश्नोत्तरको संवाद सुरु हुन्छ। यो अवस्थामा श्रीकृष्ण गुरुको र अर्जुन शिष्यको रूपमा देखिएका छन्। श्रीकृष्ण भन्नुहुन्छ। हे प्रिय अर्जुन यस्तो विषम परिस्थितिमा आएर युद्ध गर्दिनँ भन्नु त्र्रिो कायरता हो। क्षेत्रीको धर्म युद्ध गर्ने हो। युद्ध गर्दिनँ भन्छौ भने आÇनो धर्म छाड्यौ। स्वधर्ममा नचल्ने मानिसलाई सबैले धर्मछाडा भन्दछन्। धर्म छाडाको न यो लोकमा अस्तित्व रहन्छ न परलोकमा, यसरी श्रीकृष्ण अर्जुनलाई सम्झाउँदै गर्दा अर्जुन भन्दछन्। हे झ् कृष्ण आदरणीय पितामह, गुरु वन्धुवान्धव, कुलकुटुम्ब सबैको युद्धमा नरसंहार हुने देखेर मेरो बुद्धिले काम गरेको छैन। म मेरो काम कर्तव्य ठम्याउन असमर्थ भएको छु। म हजुरको शिष्य हुँ। मेरो कल्याण केमा छ सही उपदेश पाउँ भनी भगवान श्रीकृष्णको चरणमा पर्दछन् र यसरी नै भगवान श्रीकृष्ण र नरनारायण अर्जुनको बीचमा प्रश्नोत्तरको सम्वाद चलिरहन्छ। कर्म गर्नुपर्छ, फलको आशा राख्नुहुँदैन। वास्तवमा काम नगरी जीविका पनि चल्दैन। त्यसैले हे अर्जुन युद्ध गर युद्धमा मारियौ भने स्वर्ग प्राप्ति हुन्छ, युद्ध जित्यौ भने पृथ्वीको ऐश्वर्य भोग्ने सौभाग्य प्राप्त गर्नेछौ। युद्ध गर्दैनौ भने अस्तित्व रहने छैन। 
यसरी वेद, पुराण उपनिषद् आदिका उदाहरण दिँदै सम्झाउँदा पनि अर्जुनको चित्त नबुझेको देखि श्रीकृष्णले आÇनो विश्वरुपको दर्शन दिनुभयो त्यसपछि अर्जुनको बुद्धि फिर्यो र भन्दछन् हे कृष्ण, हे अचुत मेरो मोह नष्ट भयो। मेरा पूर्व स्मृतिहरू प्राप्त गरे। अब हजुरको आदेशानुसार काम गर्न तयार छु। भन्दछन–यसरी अर्जुनलाई प्रतिनिधि पात्र बनाई श्रीकृष्णले करोडौं करोडले आवादी भएको जगतलाई अमूल्य शिक्षा दिनुभएकोले उहाँलाई जगत गुरु भनिएको रहेछ भन्ने कुरा प्रमाणित भएको छ।
बसुदेव सुतं देवे, कसचारुण मर्दनम।
देवकीपरमानन्दै कृष्ण बन्दे जगत गुरु।।
आज २०७३ साल भाद्र महिनाको ९ गते विहीबार कृष्ण पक्षको अष्टमी तिमी जगतगुरु भगवान श्रीकृष्णको जन्म दिन हर्षोल्लासका साथ मनाउँ । श्रीकृष्णकै शास्त्र गीताको पाठ गरौं। उहाँकै पूजा अर्चना गरौं, उहाँकै 
शरणमा परौं, यही नै हामी सबैको कर्तव्य हो भन्ने मेरो ठहर छ ।

Powered by Blogger.