Header Ads


मर्दाको मलामी, पर्दाको जन्त

घर, गाउँ, मुलुक जुनस्तरको  भए पनि छिमिकीको महत्व अत्यन्त प्रगाढ हुन्छ । हरेक अप्ठ्यारा र कठिनाईमा पहिलो सहयोगी छिमेकी नै हुन्छ किनभने दुरीका हिसवले उ नजिक हुन्छ । बिमारी, मृत्युलगायतका आकस्मि घटनाहरुमा नजिकका नातासम्बन्धीहरुले जानकारी पाउन्जेलसम्ममा बेला घर्कि सकेको हुन्छ । त्यसैले हाम्रो समाजमा भनिन्छ– मर्दाका मलामी पर्दाको जन्तका लागि असल छिमेकी हरेकको सौभाग्य हो ।
हाम्रो देश नेपाल दुई विशाल राष्ट्र चीन र भारतको बीचमा छ । संसारका महाशक्ति राष्टहरुको बरियतामा पर्ने यी दुई देशको छिमेकी बन्न पाउनु नेपालीको सौभाग्यका रुपमा लिन सकिन्छ । यद्यपी नेपाल आर्थिक अवस्थाका हिसावले यी दुवै देशभन्दा कमजोर छ, तथापी दुवै छिमेकीहरुले हाम्रो देशको विकासका लागि समय सापेक्षिक सहयोग गर्दै आएका छन् । बाटो, पुल, पुलेसा, अस्पताल, विद्यालयलगायतको निर्माणमा उनीहरुको सहयोग सह्रानीय छ । भर्खरै मकवानपुरको पश्चिम क्षेत्र मनहरीमा एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदुत रञ्जित रेले सो क्षेत्रका स्थानीयका लागि सहयोग गर्ने उद्घोष गरेका छन् । राजदुत रेले सो क्षेत्रमा अस्पताल, लोपोन्मुख चेपाङ जातिका बालबालिकाका लागि छात्रबृत्ती  प्रदान गरिने कुरामा सबैलाई विश्वस्त बनाएका छन् । उनले सो क्षेत्रमा पछाडि परेका जनताको उत्थानका लागि निरन्तर सहयोग गर्नेमा पनि सबैलाई आस्वस्त पारेका छन् ।
असल र सम्पन्न छिमिकीले कमजोर छिमिकीलाई सहयोग गर्नु स्वाभाविक कुरो हो । तर कमजोर छिमेकीले सदैव परजीवि मानसिकता पालेर सहयोग कै अपेक्षा गरिरहनु कत्तिको मनासिब हो । पछिल्लो समय हामीमाझ सरकारी तथा गैह्रसरकारी संघ संस्थाका प्रमुखहरुले दुई छिमेकी मुलुकका उच्च पदस्थ अधिकारीलाई स्वागत गर्ने कार्यक्रम तय गरि भिक्षाका लागि झोलि फैलाउने होड चलेको छ । तर, नेपाली जनतालाई स्वावलम्बि बनाउने योजना भने शुन्य छ । त्यसैले आत्मनिर्भर बन्न आफुबाट कत्तिको पहल भएको छ ? सबैले सो को समिक्षा गर्ने बेला आएको छ । के छिमेकीसँग मागेको भरमा समृद्धी संभव छ ? यदि छैन भने यो होडको अन्त्य गर्दै आत्म निर्भर हुने तर्फ अग्रसर हुनु आजको आवश्यकता हो ।
Powered by Blogger.