सुन्दर बचतले ग¥यो रक्तदान र खाद्यान्न सहयोग
हेटौँडा, ८ भदौ/हेटौंडाको चौकीटोलमा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिकोत्सवको अवसरमा हेटौंडामा रक्तदान र खाद्यान्न सहयोग कार्यक्रमको आयोजना गरेको छ ।
संस्थाले पहिलोपटक चौकीटोलस्थित सुन्दर मिनि मार्केट परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा तीन महिलासहित १५ जनाले रक्तदान गरेका छन् । यस्तै संस्थाले हरेक वर्षझैं यसवर्ष पनि स्थानीय ॐ वद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग स्वरुप हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष शम्भु नकर्मीको अध्यक्षता तथा डिभिजन सहकारी कार्यालय हेटौंडाका प्रमुख तिलकराम पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सुन्दर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केदार बर्तौला, सामुदायिक सेवा उपकेन्द्र चौकीटोल अध्यक्ष कमल लामा, ॐ वृद्धाश्रम सचिव दीपक सुवेदी, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानका अध्यक्ष भेष खड्गी, संस्थाका सल्लाहकार फणिन्द्रप्रसाद तिमल्सिना, भुटनदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष सिद्धिलाल श्रेष्ठ, सुन्दर युवा सञ्जालका उपाध्यक्ष संग्राम बल लामा, संस्थाका उपाध्यक्ष गोपालबहादुर थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीले महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर आगामी भदौ ११ गते शनिबार स्थानीय ॐ वृद्धाश्रम चौकीटोलको भवनमा लागूऔषधबिरुद्ध वृहत तीज गीत कार्यक्रम आयोजना गर्ने सचिव सविन न्यौपानेले बताए ।

