Header Ads


राधाकृष्णको प्राणप्रतिष्ठा

हेटौँडा, ८ भदौ/हेटौँडा–२ मा रहेको वनस्खण्डी बन उपभोक्ता समूहमा निर्माण भएको राधाकृष्ण मन्दिरको प्राणप्रतिष्ठा भएको छ । 
वन समूहको परिसर भित्र निर्माण गरिएको मन्दिरको बुधबार धार्मिक परम्परा अनुसार राधाकृष्णको मूर्तिको प्राणप्रतिष्ठा गरिएको हो । धार्मिक एवम् पर्यटकीय पार्कको रुपमा विकास हुँदै गएको वनस्खण्डी क्षेत्रमा बन समूहले विवाह, ब्रतबन्धलगायतका कार्यका निम्ति आउनेहरुसंग आर्थिक संकलन गर्दै आएको छ । करिब नौ लाखको लागतमा मन्दिर निर्माण गरिएको बन समूहका अध्यक्ष भवसागर श्रेष्ठले जानकारी दिए । मन्दिर निर्माणको लागि स्थानीय बासिन्दाबाट समेत केही रकम संकलन गरिएको र बाँकी रकम बन समूह मार्फत खर्च गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
Powered by Blogger.