Header Ads


२ फरार भीमफेदी चलान

हेटौँडा, ८ भदौ/डाँका मुद्दामा मकवानपुर जिल्ला अदालतको फैसला पश्चात फरार रहेका एकजनालाई 
प्रहरीले पक्राउ गरेको छ । 
गत २०७० साल असार ३१ गतेको फैसलाबाट डाँका मुद्दामा ६ वर्ष कैद र २ लाख ६४ हजार जरिवाना तोकी फरार रहेका मकवानपुर गढी गाबिस–८ घर भई काठमाण्डौमा लुकिछिपी बस्दै आएका ३३ वर्षका प्रकाश अर्याललाई महानगरीय प्रहरी अपराध महाशाखा काठमाण्डौको सहयोगमा पक्राउ गरेको हो । 
अर्याललाई आवश्यक कारबाहीको लागी बुधबार मकवानपुर जिल्ला अदालतमा पेश गरिएको र उनलाई सजाय भुक्तानको लागि कारागार कार्यालय भीमफेदी पठाईएको मकवानपुर प्रहरी प्रमुख एसपी मीरा चौधरीले जानकारी दिइन् । यस्तै लागूऔषध गाँजा मुद्दामा २०६९ असार २७ गते देखि फरार रहेका हेटौडा–२९ नेवारपानी बस्ने २६ वर्षका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महेश्वर गोले भन्ने युवराज गोलेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले उनकै घर नजिकैबाट पक्राउ गरेको हो । 
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गरिएकोमा पुर्पक्षको लागि भीमफेदी कारागार कार्यालय पठाएको प्रहरीले जनाएको छ । 
Powered by Blogger.