तीनमहिने सिलाई तालिम सुरु
हेटौँडा, २६ साउन/व्यावसायिक तथा सीप विकास तालिम केन्द्र हेटौँडा र सामुदायिक सेवा केन्द्र थानाभ¥या·को संयुक्त आयोजनामा बुधबारबाट तीनमहिने सिलाईकटाई तालिम सुरु भएको छ ।
बुधबार एक कार्यक्रमका बीच मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक
(डिआइजी) पशुपति उपाध्यायले तालिमको समुद्घाटन गरेका हुन् । ३ सय ९० घण्टा सञ्चालन हुने सिलाई कटाइ तालिमको उद्घाटन गर्दै उपाध्ययाले सीप सिकेर त्यसलाई व्यवहारमा उतार्न सके
बेरोजगारीको समस्या हल हुने बताए । तालिममा सिकेको कुरा व्यवहारमा प्रयोग नहुँदा लक्षित वर्ग मर्कामा पर्ने गरेको उनको भनाई छ ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष सिद्धिलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेल, व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख युवराज गुरुङ, सामुदायिक सेवा केन्द्रका सचिव देवकुमार श्रेष्ठ, कोषाध्यक्ष सुमित्रा काÇलेलगायतको आतिथ्यता रहेको थियो । सीप विकास तालिम केन्द्रले सहजीकरण गर्ने ३ महिने तालिममा ४५ जनाले तालिम लिने बताइएको छ ।

