Header Ads


रोशनी पुस्तकालयमा लुम्बिनी नेट

हेटौंँडा–४ स्थित रोशनी पुस्तकालयलाई लुम्विनी नेट हेटौँंडाले ५ सय १२ मेघावाइट बराबरको फाइबर ईन्टरनेट सेवा निःशुल्क प्रदान गरेको छ । पुस्तकालयलाई ई–लाइब्रेरी बनाउने योजनामा थप टेवा पु¥याउने उद्देश्यसहित निशुल्क नेट सेवा प्रदान गरिएको हो । यस कार्यले रोशनी पुस्तकालयलाई ई–लाइब्रेरी बनाउने योजनामा थप सहयोग पुग्ने पुस्तकालय अध्यक्ष संगिन श्रेष्ठको भनाई छ । इन्टरनेट सेवाले दैनिक पुस्तकालय आउनेको सङ्ख्या बृद्धि हुनुका साथै सस्तो, सुलभ एवम् छिटो सूचना र सेवा दिन सकिने उनले बताए । लुम्बिनी नेट हेटौंँडा शाखाका कार्यलय प्रमुख सन्जु अहमदले आगामी दिनहरुमा सामािजक सेवालाई निरन्तरता दिँदै माग अनुसार ईन्टरनेट सेवाको स्पिड बढाउन र अन्य थप सहयोग गर्ने प्रतिबद्धता जनाए । 
Powered by Blogger.