९ हजार २ सय ५५ जनालाई अस्थायी साधन
हेटौँडा, १७ साउन/मकवानपुरमा आर्थिक बर्ष २०७२÷०७३ मा परिवार नियोजन तर्फ ९ हजार २ सय ५५ जनालाई अस्थायी साधन र एकसय १३ जनालाई बन्ध्याकरण सेवा उपलब्ध गराइएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सोमबार हेटौँडामा भएको बार्षिक प्रगति विवरण सार्वजनिक एवम् पत्रकार भेटघाट कार्यक्रममा दिइएको जानकारी अनुसार एक बर्षमा इम्प्लान्ट एकहजार ६ सय ३०, आइयूसीडी २ सय ७०, पिल्स एकहजार २ सय ५४ र डिपो ४ हजार ५सय ६८ जनालाई उपलब्ध गराइएको छ । यस्तै सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत ३ हजार ८१ जनालाई चौथो पटक पूर्व प्रसुति सेवा प्रदान गरिएको, ४ हजार ६ सय ३० जनालाई तालिम प्राप्त स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामा प्रसुति सेवा प्रदान गरिएको र जसमध्ये ५ सय १० जनाले पूर्व प्रसुति सेवा लिए वापत् ५ सय १० प्रोत्साहन रकम प्राप्त गरेको जनस्वास्थ्य कार्यालयका भीमसागर गुरागाईंले जानकारी दिए ।
४ हजार ६सय ३० जनाले निशुल्क प्रसुति सेवा लिएर यातायात खर्च समेत प्राप्त गरेका छन् भने २ हजार ५ सय ८ जनाले प्रसुति पछिको सेवा लिएको उनको भनाई छ । यसैगरी कुपोषण कार्यक्रम अन्तर्गत २०७२÷०७३ मा ११ हजार ५ सय ५५ जना बालबालिकामा गरिएको बृद्धि अनुगमन मध्ये एकसय ९८ जनामा मध्यम शिघ्र कुपोषित रहेको र ३३ जनामा कडाशिघ्र कुपोषित रहेको बताइएको छ ।

