Header Ads


डाङडुङे टोविस अध्यक्षमा पुनः पुडासैनी

हेटौँडा, ७ भदौ/हेटौँडा–११ मा रहेको डाङडुङे टोल विकास संस्थाको अध्यक्षमा पुन ः शालिकराम पुडासैनी निर्विरोध चयन भएका छन् । 
मङ्गलबार भएको छैठौँ  साधारणसभाबाट पुनः पुडासैनीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । टोल विकास संस्थाको उपाध्यक्षमा देवकुमार श्रेष्ठ, सचिवमा प्रभावकर पुडासैनी, कोषाध्यक्षमा तीर्थकुमारी थामी पाण्डे चयन भएका हुन् । त्यसैगरी सदस्यमा हिमु मुक्तान, देवकी पौडेल, इन्दिरा लामिछाने, मञ्जु लम्साल, सुन्तलीमाया पुडासैनी, रेनुका लोहनी (बालिका) र विवेक अधिकारी (बालक) चयन भएका छन् । संस्थाको विद्यान अनुसार कार्यसमितिको सदस्यमा बालक र बालिकालाई पनि समेटिनुपर्ने भएकोले उनीहरुलाई कार्य समितिको सदस्यमा राखिएको नवनिर्वाचित उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । २०६८ सालबाट सञ्चालन भएको संस्थाले आर्थिक वर्ष २०७३ सालको मसान्तसम्म १६ लाख ९९ हजा ३ सय रुपैयाँ कारोबार गरेको छ । कार्यक्रममा २०६८ सालदेखि २०७२ सालसम्म एसएलसी परीक्षामा उत्कृष्ट अंक हाँसिल गर्ने शेयर सदस्यका छोरा छोरीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । जसमा आत्म बानियाँ, दिक्षान्त श्रेष्ठ, सुदिप खतिवडा, गणेश अधिकारी, रोदिन लोहनी रहेका छन् । त्यसैगरी संस्थाले सामाजिक कार्य गरेको भन्दै डाङडुङे टोल विकास संस्थाका पूर्व अध्यक्ष तथा दुईवस्ती पिउनेपानी व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद पौडेललाई कदरपत्रबाट सम्मान गरेको छ । 
यस्तै बृद्धबृद्धातर्फ ८१ बर्षीय ओमनाथ पुडासैनी र ९१ बर्षीयाा रत्नमाया मुक्तानलाई दोसल्ला ओडाएर सम्मान 
गरेको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका कार्यालयका सामाजिक विकास महाशाखाका प्रबन्धक भीमप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा एवम् संस्थाका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
Powered by Blogger.