पत्रकारले हरायो बसामाडी जेसीजलाई
हेटौँडा, ३ भाद्र÷बसामाडी जेसीजको जेसीज सप्ताह अन्तर्गत शुक्रबार बिहान हेटौँडामा भएको पत्रकार र बसामाडी जेसीजबीचको मैत्रीपूर्ण फुटबलमा पत्रकार टोली विजयी भएको छ ।
पत्रकारले जेसीजलाई ७–१ गोल अन्तरले हराएको हो । पत्रकारको जितमा सुरेश श्रेष्ठ नायक बने । उनले ह्याट्रिक गरेका हुन् भने गणेशदर्पण अधिकारी, सुवास बिडारी, पुष्पराज अधिकारी र अमृत चिमोरियाले समान एक÷एक गोलको योगदान दिएका हुन् ।
हेटौँडाको भूटनदेवी उच्च माविको खेल मैदानमा भएको खेलमा जेसीजको तर्फबाट एकमात्र गोल जेसीजका निवर्तमान अध्यक्ष विष्णुहरी पण्डितले गरेका हुन् । जेसीज सप्ताह मनाउने क्रममा पत्रकार र जेसीजबीच भ्रातृत्वको सम्बन्ध विस्तार गर्दै अघि बढ्ने उद्देश्यका साथ मैत्रीपूर्ण खेल आयोजना गरिएको जेसीज बर्ष सन् २०१६ का अध्यक्ष सुनिल दाहालले जानकारी दिए । फुटबल संघ मकवानपुरका अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको खेलको उद्घाटनमा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमिल्सना, जेसीजका पूर्व अध्यक्ष इश्वर मैनाली, सरोजराज ढकाल, निवर्तमान अध्यक्ष बिष्णुहरि पण्डितलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले विभिन्न समयमा विभिन्न सामाजिक संघसंस्थाले आयोजना गर्ने यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने धारणा राखे ।
खेलको विजयी पत्रकारको टोलीलाई ट्रफी प्रदान गरिएको थियो ।

