Header Ads


लामाको नेतृत्वमा खेलकुद महासंघ

हेटौँडा, ४ भाद्र/नेकपा एमाले निकटको नेपाल खेलकुद महासंघ मकवानपुर अध्यक्षमा धरम लामा चयन भएका छन् । 
शनिबार भएको महासंघको अधिवेशनले लामाको नेतृत्वमा २९ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा लालबहादुर पौडेल, सचिवमा प्रताप लामा, सहसचिवमा सुनिल लोप्चन, कोषाध्यक्षमा सगुन स्याङ्तानलाई चयन गरेको हो । अधिवेशनले जिल्ला सदस्यहरुमा विश्वभक्त भोलन, पशुपति हटुवाल, जावेद हुसेन, ओमकुमार लामा, बीरेन्द्र राई, निरु मगर, सरोसा ढुगांना, किरण बलामी, रष्मा वाइवालगायतलाई चयन गरेको छ । प्रत्येक निर्वाचन क्षेत्र तथा हेटौंडा उपमहानगरपालिकाबाट २ जना खुला तथा एक महिला सदस्य समेत चयन भएका छन् । अधिवेशनको उद्घाटन पूर्व युवा तथा खेलकुद मन्त्री तथा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष  सांसद् पुरुषोत्तम पौडेलले गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै उनले खेलकुदमा जस्तै राजनीतिमा पनि अनुशासनको महत्व हुने भए नेपाल अहिलेसम्म समृद्ध मुलुकको सूचीमा परिसक्ने बताए । उनले खेल क्षेत्रको विकासको लागि करोडौ रुपियाँ बजेट विनियोजन गरेको बताउँदै खेल क्षेत्रलाई जुनसुकै सरकारले पनि माथिल्लो स्तरको प्राथमिकतामा राख्नुपर्ने बताए । महासंघ मकवानपुरका कार्यवाहक अध्यक्ष रबिन जोशीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा महासंघका केन्द्रीय महासचिव उपेन्द्र पौडेल, एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, पूर्व अध्यक्ष रामेश्वर राना, एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, उपसचिव मीना लामा, सचिवालय सदस्य अणराज जर्गा, युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष हिदम लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Powered by Blogger.